विधेयकलाई समयानुकूल बनाउन सरकार तयार : गृहमन्त्री शर्मा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ११, २०७४
|
|
५२ पटक हेरिएको
Shares
विधेयकलाई समयानुकूल बनाउन सरकार तयार : गृहमन्त्री शर्मा

सारांश

  • काठमाडौँ, ११ साउन ।
  • गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताउनुभएको छ ।
  • व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “बाढीपहिरो गएको स्थानमा पुग्ने र सकिने स्थानमा आधा घण्टाभित्रमा पुगेर उद्धार र राहतमा खटिने गरी सुरक्षा संयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौँ, ११ साउन । गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “बाढीपहिरो गएको स्थानमा पुग्ने र सकिने स्थानमा आधा घण्टाभित्रमा पुगेर उद्धार र राहतमा खटिने गरी सुरक्षा संयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।”

पछिल्लो समय आपराधिक र क्रुर मानसिकताबाट महिला हिंसाको घटना बढ्दै गएको देखिएकाले त्यस्ता घटनालाई रोक्न जनप्रतिनिधिको अगुवाइमा पूर्व सतर्क रहने कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको बताउँदै गृहमन्त्री शर्माले भोजपुरमा केही सयमअघि तीनजना बालबालिकाको मृत्यु भएको घटनाको छानबिन र अनुसन्धानका लागि केन्द्रबाटै उच्चस्तरको प्रविधिसहितको अनुसन्धान टोली खटाउन मन्त्रालयबाट निर्देशन भइसकेको जानकारी दिनुभयो ।

यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ माथि आज भएको छलफलमा उहाँले यातना असल समाजका विरुद्धमा हुने भएकाले सार्वजनिक ओहदामा हरेक व्यक्तिलाई यसले समेट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यलाई नै जिम्मेवार गराउनेसँग सम्बन्धित भएर विधेयक ल्याउन लागिएको हो । यसलाई समयानुकूल बनाएर लैजान सरकार तयार छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकाे मुल्य बढेर कति पुग्याे ?
सुनकाे मुल्य बढेर कति पुग्याे ?
चट्याङ लागेर एक महिलाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
प्रधानमन्त्री दाहालसँग  चिनियाँ राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि
महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई
महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल

तपाईंले छुटाउनुभयो कि?