मलाइका–अर्जुनको प्रेममा सलमान बाधक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
मलाइका–अर्जुनको प्रेममा सलमान बाधक

सारांश

  • एजेन्सी।
  • विगत केही समयदेखि मलाइका अरोडा र अर्जुन कपुरको अफेयरको समाचारले चर्चा पाएको छ।
  • यी दुवैलाई बेला बेलामा सार्वजनिक स्थानमा सँगै देखिने पनि गरेको छ।

एजेन्सी। विगत केही समयदेखि मलाइका अरोडा र अर्जुन कपुरको अफेयरको समाचारले चर्चा पाएको छ। यी दुवैलाई बेला बेलामा सार्वजनिक स्थानमा सँगै देखिने पनि गरेको छ। भारतीय संचारमाध्यमले त अर्जुन कपुरको परिवारले मलाइकासँग विवाह गर्न अनुमति दिएकोसम्म समाचार प्रशारण गरेका थिए।

तर एक जना यस्ता व्यक्ति पनि छन् जसलाई उनीहरुबीचको सम्बन्ध मन परेको छैन। र ती व्यक्ति हुन् सलमान खान। मलाइका अरोडा सलमान खानका भाइ अरबाज खानकी पूर्व पत्नी हुन्। सलमानलाई अर्जुन र मलाइकाबीचको सम्बन्ध मन परेको छैन।

अरबाजसँग सम्बन्ध विच्छेद गरेपनि मलाइका खान परिवारसँग नजिक छन्। उनी बेला बेलामा खान परिवारको कार्यक्रममा आउने गर्छिन्। केही दिन अगाडि सलमान खानले फाम हाउसमा आफ्नो जन्म दिनको पार्टी राखेका थिए। उक्त पार्टीमा मलाइकाकी बहिनी अमृता गएकी थिइन् भने मलाइका भने उपस्थित भइनन्। यसअघि सलमान खानको क्रिसमस पार्टीमा पनि उनी उपस्थित भएकी थिइनन्। सलमान खानको जन्म दिनमा मलाइका र अर्जुन कपुरले एकैसाथ डिनर गर्दा गर्दै फोटोग्राफरले फेला पारेका थिए।

अर्जुन कपुरको अफेयर सलमान खानकी बहिनी अपितासँग पनि अफेयर चलिसकेको छ। त्यतिबेला सलमानले अर्जुनलाई मेन्टर भनेका थिए। तर अहिले अर्जुनले मलाइकासँग सम्बन्ध बढाएपछि सलमान रिसाएका छन्। सलमान यतिधेरै रिसाएका छन् की उनले बोनी कपुरले निर्माण गर्ने दुई ठूला बजेटका फिल्ममा काम नै गरेनन्।

भारतीय संचारमाध्यमका अनुसार सलमान खानले बोनी कपुरका दुई ठूला बजेटका फिल्म ‘वांटेड–२’ र ‘नो एन्ट्र में एन्ट्री’ केही नभनी काम गर्न अस्वीकार गरेका थिए। तर यसपछिको कारण अर्जुन र मलाइकाबीचको सम्बन्ध भएको बताइएको छ। यी दुवै फिल्मको पहिलो भागमा सलमान मुख्य भूमिकामा थिए। यी दुवै फिल्म ले बक्स अफिसमा राम्रो व्यापार गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर
रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई
रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई
एमाले-माओवादी भातृ संगठनका पुच्छर हटाएर नाम राख्दै
एमाले-माओवादी भातृ संगठनका पुच्छर हटाएर नाम राख्दै
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
ओलीको प्रतिवेदन रोकियो आज फेरि छलफल
ओलीको प्रतिवेदन रोकियो आज फेरि छलफल
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
रामेछापको पछिलो ताजा अपडेट :रामेछापमा बाम गठबन्धनको अग्रता कायमै
रामेछापको पछिलो ताजा अपडेट :रामेछापमा बाम गठबन्धनको अग्रता कायमै

तपाईंले छुटाउनुभयो कि?