सिरहाका १७ तहमध्ये ८ मा एमाले अगाडि

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ४, २०७४
|
|
६३ पटक हेरिएको
Shares
सिरहाका १७ तहमध्ये ८ मा एमाले अगाडि

सारांश

  • सिरहा : सिरहाका १७ वटै स्थानीय तहमा भएको प्रारम्भिक मगणनाअनुसार ८ स्थानीय तहमा एमाले अगाडि देखिएको छ ।
  • उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम ४, माओवादी केन्द्र ३ र कांग्रेस २ स्थानीय तहमा प्रमुख पदमा अगाडि छ ।
  • प्रारम्भिक नतिजाअनुसार एमालेले जिल्लाको भगवानपुर, सखुवा ननकारकट्टी, विष्णुपुर, नवराजपुर गाउँपालिका, लहान, सुखिपुर र कर्जन्हा नगरपालिकामा अगाडि छ ।

सिरहा : सिरहाका १७ वटै स्थानीय तहमा भएको प्रारम्भिक मगणनाअनुसार ८ स्थानीय तहमा एमाले अगाडि देखिएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम ४, माओवादी केन्द्र ३ र कांग्रेस २ स्थानीय तहमा प्रमुख पदमा अगाडि छ । प्रारम्भिक नतिजाअनुसार एमालेले जिल्लाको भगवानपुर, सखुवा ननकारकट्टी, विष्णुपुर, नवराजपुर गाउँपालिका, लहान, सुखिपुर र कर्जन्हा नगरपालिकामा अगाडि छ । लहान नगरपालिकामा राप्रपाका मेयर उम्मेदवार लगनलाल चौधरीभन्दा ३० मतले एमालेका मेयर उम्मेदवार मुनी साह अगाडि छन् । दुवै प्रतिस्पर्धी लहानका पूर्वमेयर हुन् ।

माओवादी केन्द्रले मिर्चैया नपा, गोलबजार नपा र अर्नमा गापामा अग्रता लिएको छ । मिर्चैया र गोलबजार नगरपालिका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ । यही क्षेत्रबाट प्रचण्ड दोस्रो संविधानसभा चुनावमा निर्वाचित भएका थिए । संघीय समाजवादी फोरम नेपालले औरही, लक्ष्मीपुर पतारी, बरियारपट्टी गाउँपालिका र सिरहा नगरपालिकामा अगाडि छ । औरही गाउँपालिकामा फोरमका प्रमुख पदका शिवजी यादवले सुरुदेखि नै धेरै मतले अगाडि देखिएपछि उनी निर्वाचित हुने पक्काजस्तै भएको छ । सिरहा नगरपालिकामा पनि सुरुदेखि नै फोरमका मेयर उम्मेदवार अशेश्वर यादव अगाडि छन् ।

नेपाली कांग्रेसले धनगढी र कल्याणपुर नगरपालिकामा अग्रता लिएको छ । कांग्रेसले सिरहाका अधिकांश स्थानीय तह जित्ने दाबी गरेका थिए । तर, मतपरिणाम सार्वजनिक हुँदा निकै पछाडि परेको देखिन्छ । सिरहामा राष्ट्रिय जनता पार्टी (राजपा)को हालत पनि कमजोर बनेको छ । १७ मध्ये १४ स्थानीय तहमा मात्र उम्मेदवार खडा गरेका राजपा कुनै पनि स्थानीय तहमा अगाडि छैन ।

सात वडाको नतिजा सार्वजनिक

सिरहाका १७ स्थानीय तहका १६४ वडामध्ये ७ वडाको मतपरिणाम सार्वजनिक भएको छ । लहान नगरपालिका-२ मा कांग्रेसका सीयाराम यादव वडाध्यक्षमा विजयी भएका छन् । कर्जन्हा गाउँपालिका-१ मा माओवादी केन्द्रका मोहनबहादुर खत्रीले वडाध्यक्षमा जितेका छन् । धनगढीमाई नपा १ मा एमालेका सुर्यनारायण महतो वडाध्यक्ष भएका छन् । कल्याणपुर नपा-१ मा राजपाका जयराम कामती वडाध्यक्षमा विजयी भएका छन् । कल्याणपुर नपा-२ मा वडाध्यक्ष विशेश्वर मुखिया बनेका छन् । उनी पनि राजपाका उम्मेदवार हुन् । औरही गाउँपालिका-१ मा संघीय समाजवादी फोरम सुमितलाल ठाकुर वडाध्यक्ष निर्वाचित भएका छन् । संघीय समाजवादी फोरमकै बद्रिनारायण यादव भगवानपुर गाउँपालिका-१ मा वडाध्यक्ष बनेका छन् ।

लहान र कर्जन्हाको मतगणना अवरुद्ध

उता, सिरहा जिल्लाको कर्जन्हा गाउँपालिका र लहान नगरपालिकाको मतगणना अवरुद्ध बनेको छ । लहान नपाको मतगणना मंगलबार दिउँसो १ बजेबाट र कर्जन्हा गाउँपालिकाको मतगणना दिउँसो करिब ३ बजेबाट अवरुद्ध भएको हो । कर्जन्हा-३ मा खसेको मतभन्दा १३ मतपत्र बढी भेटिएपछि मतगणना स्थगन भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । यस्तै, लहान-३ मा कांग्रेसका वडाध्यक्ष रामदयाल महतोले फोरमले ल्याएको भन्दा मात्र ८ मत बढी ल्याएर निर्वाचित भए । त्यसपछि फोरमका प्रतिनिधिले गडबड गरेको कांग्रेस वडाध्यक्षलाई जितायो भनेर विरोध गरेपछि मतगणना स्थगन भयो ।

कर्जन्हा गाउँपालिका-३ मा १३ सय ९ मत खसेको थियो । तर, मतगणनाक्रममा भने १३ सय २२ मत भेटियो । यस्तै, लहान नगरपालिकामा पनि मतगणनाको विषयमा विवाद भएपछि दिउँसो १ बजेबाटै मतगणना अवरुद्ध बनेको छ । साँझ ८ बजेसम्म पनि विवाद सुल्झेन ।

जनकपुरमा राजपाको सुरुवाती अग्रता

उता, जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले सुरुवाती अग्रता लिएको छ । २५ वडामध्ये १, २, ३ र ४ वडाको मतगणनामा राजपाको अग्रता देखिएको छ । राजपा नेपालले ४ सय मत गनिँदासम्म मेयरमा २२४ र उपमेयरमा १३३ मत प्राप्त गरेको थियो भने कांग्रेस मेयरमा ९७ र उपमेयरमा ४७ मत ल्याएर निकट प्रतिद्वन्द्वी बनेको छ ।

निर्वाचन आयोगको व्यवस्थापकीय त्रुटिका कारण निकै ढिलो गरी दिउँसो २ बजेदेखि जनकपुरको महेन्द्रनारायण निधि सांस्कृतिक संग्रहालयमा सुरु भएको मतगणना ढिलाइ भइरहेको छ । सर्वदलीय बैठकबाट बिहान १० बजेदेखि नै मतगणना गर्ने निर्णय भए पनि आयोगको ढिलासुस्तीले अबेर भएको हो । कडा सुरक्षा व्यवस्थाबीच तारजालीले घेरेको सभाकक्षमा मतगणना भइरहेको छ ।

१८ स्थानीय तह रहेको धनुषामा ५ वटा स्थानीय तहमा मतगणना सोमबार अबेर रातिदेखि नै सुरु भएर वडामा नतिजासमेत सार्वजनिक हुन थालिसकेको हो । जिल्लाको गणेशमान चारनाथ नपा-११ मा माओवादी केन्द्रका सत्यनारायण कुँवर प्यानलसहित विजयी भएका हुन् । गणेशमान चारनाथ नगरपालिका-११ मा वडाध्यक्षमा माओवादी केन्द्रका सत्यनारायण कुँवर, जनकनन्दनी गाउँपालिका-१ मा संघीय समाजवादी फोरमका धर्मेन्द्र गोइत विजयी भएका हुन् । त्यसैगरी, सबैला नगरपालिका-१ मा माओवादी केन्द्रका कपिल राउतको प्यानल विजयी भएको छ ।

अधिकांश मतदान केन्द्रमा मतदान अधिकृतले सञ्चारकर्मीसँग सम्पर्क नगर्ने, फोन गर्दा पनि नउठाउने र एकद्वारप्रणालीबाट सूचना दिने कुनै व्यवस्था नभएको कारण मतपरिणाम थाहा पाउन निकै गाह्रो भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जम्मु कश्मिरमा लगाइएको प्रतिबन्धको एक हप्ताभित्र समिक्षा गर्न सर्वाेच्चका आदेश
जम्मु कश्मिरमा लगाइएको प्रतिबन्धको एक हप्ताभित्र समिक्षा गर्न सर्वाेच्चका आदेश
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
आज दिन भरिका मुख्य मुख्य प्रहरी समचारहरु…
आज दिन भरिका मुख्य मुख्य प्रहरी समचारहरु…
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल
डा. देवकोटाको स्वास्थ्य स्थिति बुझ्न न्यूराे पुगे प्रचण्ड
डा. देवकोटाको स्वास्थ्य स्थिति बुझ्न न्यूराे पुगे प्रचण्ड
नेकपामा विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमोटल
नेकपामा विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमोटल
त्रिवि दिवसमा शिक्षण अस्पतालका नियमित सेवा आधा दिन प्रभावित, आकस्मिक सेवा भने यथावत्
त्रिवि दिवसमा शिक्षण अस्पतालका नियमित सेवा आधा दिन प्रभावित, आकस्मिक सेवा भने यथावत्
Study Russian Online dating Tips
Nick Jonas confirms his relationship official with Priyanka Chopra with this video, watch
Nick Jonas confirms his relationship official with Priyanka Chopra with this video, watch

तपाईंले छुटाउनुभयो कि?