युक्रेनमा राष्ट्रपतिको निर्वाचन

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १७, २०७५
|
|
४० पटक हेरिएको
Shares
युक्रेनमा राष्ट्रपतिको निर्वाचन

सारांश

  • किभ, युक्रेन, १७ चैत  युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ ।
  • यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्व प्रधानमन्त्रीले कडा चुनौती दिनुभएको छ ।
  • करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका छन् ।

किभ, युक्रेन, १७ चैत  युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्व प्रधानमन्त्रीले कडा चुनौती दिनुभएको छ ।

करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका छन् । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ ।

मत सर्वेक्षणमा हास्यकलाकार भोलोडिमिर जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाइएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्को रहनुभएको छ ।

युक्रेनको संविधान अनुसार कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच आगामी अप्रिल २१ मा दोस्रो चरणको चुनाव हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?