मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
४६ पटक हेरिएको
Shares
मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काडमाडौं । प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्दा चिनियाँ तस्कर वान विई मिङ पाँचतारे होटल र्याडिसनमा मस्त निन्द्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे उनी आरामपूर्वक होटलबाट बाहिरिएर फरार भए ।

होटल स्रोतका अनुसार बाहिरैबाट रुम बुक गरी साँझ अबेर होटल आएका उनले आफ्नो पासपोर्ट देखाएनन् । बरु नेपाली लाइसेन्स राख्न खोजे । रिसेप्सनिस्टले लाइसेन्सले नहुने भनेपछि उनले आफ्नो पासपोर्ट अध्यागमन विभागमा छाडेको हुनाले सोमबार बिहान चेक आउट हुनेबेलासम्म ल्याउने भनी आश्वस्त गराए ।

हालसालै जागिर खाएकी रिसेप्सनिस्टले त्यो कुरा पत्याइन् । तर, भोलिपल्ट बिहान निस्केको उनी फर्केनन् । बरु केही घन्टामा प्रहरीको टोली आएर सोधखोज गर्न थाल्यो र सुन तस्करले आफू जोगिन होटल प्रयोग गरेको थाहा लाग्यो ।
‘यो घटना अनपेक्षित हो । तत्काल मिटिङ राखेर हामी स्टाफलाई यस्ता घटना हुन सक्नेप्रति सचेत गरायौं,’ होटलका एक कर्मचारीले भने । महानगरीय प्रहरी महाशाखाले र्याडिसनमै भेटिएको चिनियाँ तस्करको नेपाली लाइसेन्सका आधारमा तत्काल अनुसन्धान अगाडि बढायो ।

उक्त लाइसेन्स यातायात व्यवस्था विभागबाट जारी भएको देखिए पनि त्यसका लागि चिनियाँले आफ्नो पासपोर्टको प्रतिलिपिसमेत नराखेको (वा गायब पारिएको) पत्ता लागेको छ । विभागको रेकर्डमा सवारी अनुमतिपत्र वाहकको उल्लेखित नामबाहेक ठेगाना चीन, हुलिया आँखा चिम्सा भन्ने मात्र उल्लेख भएको प्रहरीको भनाइ छ ।

विदेशी नागरिकको पासपोर्टको प्रतिलिपिसमेत नराखी कसरी लाइसेन्स दिइयो भन्नेमा अहिलेसम्म अनुसन्धान सुरु हुन सकेको छैन् । उच्च प्रहरी स्रोतका अनुसार मिङको एउटा मोबाइल नम्बर होटलबाट बाहिरिँदासम्म चालू नै थियो ।
प्रहरीको बुझाइमा उनले आफूलाई सुरक्षित राख्नका लागि कसैबाट निरन्तर जानकारी लिइराख्न एउटा मोबाइल नम्बरलाई त्यतिखेरसम्म चालु राखेका हुन् ।

उनले तत्काल निरन्तर सम्पर्कमा रहने आफ्नै स्वामित्वमा रहेको ठमेलस्थित काठमाडौं वान होटलका कर्मचारीलाई फेसबुक, विच्याटबाट समेत अनफ्रेन्ड गरे । उनी होटलबाट निस्केको केहीबरेमै आफूहरू पुग्दा अनुसन्धान टोलीलाई थकथक भएको एक जानकार स्रोतले भन्यो ।

मिङले आफू होटलमा सुतेर पत्नी याङ वेन विङलाई चाहिँ कहाँ राखेका थिए भन्ने खुलेको छैन् । दुवै फरारको खोजीमा प्रहरीले निरन्तर प्रयास गरेको छ । अन्नपूर्णबाट लिएका हौं ।

अनुसन्धानकर्ताले आशंकित नम्बरको कल रेकर्ड अध्ययनका साथै सम्भाव्य ठाउँमा निगरानी र तलासीको क्रम जारी राखेका छन् । यकिन तथ्य हात पार्न नसक्दा प्रहरीलाई अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको छ ।

साथै, ठूलो परिमाणमा सुन बरामद हुँदा जस लिने होड प्रहरीका विभिन्न निकायबीच चल्दा प्रवाहित सूचना बाझिएका छन् । सुराकदेखि बरामदसम्मको सम्पूर्ण प्रक्रियामा बाजी मारेको महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’:  गृहमन्त्री थापा
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’: गृहमन्त्री थापा
मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह
मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह
उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासाङ” निर्विरोध
उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासाङ” निर्विरोध
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !
बलिउडका ब्लकबस्टर ८ फिल्म जसको वास्तविक कथा आफ्नो होइन
बलिउडका ब्लकबस्टर ८ फिल्म जसको वास्तविक कथा आफ्नो होइन
बाहुबलीले गर्दा दबाब बढ्यो, कयौ रात सुत्न सकिन – प्रभास
बाहुबलीले गर्दा दबाब बढ्यो, कयौ रात सुत्न सकिन – प्रभास
एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : एमाले अध्यक्ष ओली
एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : एमाले अध्यक्ष ओली
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
कोरोना विरुद्धको खोप मोर्दनाको प्रभावकारिता ९५ प्रतिशत
कोरोना विरुद्धको खोप मोर्दनाको प्रभावकारिता ९५ प्रतिशत
यसो भन्छन् एमालेका मुख्यमन्त्रीका ६ आकांक्षीहरु ?
यसो भन्छन् एमालेका मुख्यमन्त्रीका ६ आकांक्षीहरु ?