सुन तस्करी प्रकरणमा संलग्न १८ जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १४, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणमा संलग्न १८ जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सारांश

  • काठमाडौं ।
  • उच्च अदालत पाटनले एक सय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
  • आइतबार म्याद थपका लागि एकसाथ १८ जनालाई अदालतमा उपस्थित गराइएको थियो।

काठमाडौं । उच्च अदालत पाटनले एक सय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

आइतबार म्याद थपका लागि एकसाथ १८ जनालाई अदालतमा उपस्थित गराइएको थियो। सुरुमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न अनुमति लिएको राजस्व अनुसन्धान विभागले पछि उनीहरूसँगै म्याद सकिने गरी अन्यको पनि म्याद थप गराएको थियो।

स्रोतका अनुसार आइतबार पक्राउ परेका आरोपितलाई १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । सुन तस्करी प्रकरणमा आइतबार तब्बीयन मुलका बेल्जियन नागरिक दावा छिरिङलाई नियन्त्रणमा लिएको थियो । करिब सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते ५ जनालाई नियन्त्रणमा लिएको थियो । ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राइलाई सुरुमा पक्राउ गरिएको थियो ।

त्यसपछि रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई नियन्त्रणमा लिइएको थियो भने भोलिपल्ट तिब्बतीयन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र साउन ४ गते विमानस्थलबाटै चिनियाँ नागरिक झियाङ निललाई नियन्त्रणमा लिइएको हो । सोही दिन(साउन ४ गते) राजस्वले सुन तस्करीमा संलग्न रहेको आरोपमा कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरेको थियो।

साउन ७ गते भने अध्यागमन विभागका कर्मचारीहरू नै पक्राउ परेका थिए। तस्करीको सुन भन्सार पास गरेको आरोपमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाललाई पक्राउ गरेको थियो। तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पक्राउ परेका थिए।

साउन १० गते तस्करीमा संलग्न चिनियाँ नागरिक लिनलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पक्राउ परेका हुन्।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?