विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ८, २०७६
|
|
५६ पटक हेरिएको
Shares
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन

सारांश

  • काठमाडौं– आयोजक इंग्ल्यान्डले आइसिसी क्रिकेट विश्वकपका लागि राष्ट्रिय टिम घोषणा गरेको छ।
  • आगामी जेठ १६ देखि सुरु हुने विश्वकपका लागि इंग्ल्यान्डले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो।
  • टिममा अलराउन्डर जोफ्रा आर्चरले स्थान पाएका छन्।

काठमाडौं– आयोजक इंग्ल्यान्डले आइसिसी क्रिकेट विश्वकपका लागि राष्ट्रिय टिम घोषणा गरेको छ। आगामी जेठ १६ देखि सुरु हुने विश्वकपका लागि इंग्ल्यान्डले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो। टिममा अलराउन्डर जोफ्रा आर्चरले स्थान पाएका छन्।

यता अर्का अलराउन्डर लियान डाउसन र ब्याटसम्यान जेम्स भिन्स पनि टिममा अटेका छन्। डेभिड विली, जोए डेनली र एलेक्स हल्स भने राष्ट्रिय टिमबाट बाहिरिएका छन्। यसै वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका आर्चरले अहिलेसम्म ४ वटा एकदिवसीय खेल मात्र खेलेका छन्।

इंग्ल्याण्ड टिमः इयोन मोर्गन (कप्तान), मोइन अली, जासन रोए, बेन स्टोक्स, जेम्स भिन्स, जोफ्रा आर्चर, जोनी बेयरस्ट्रो, जोस बटलर (विकेटकिपर), टम कुरन, लियाम डाउसन, लियाम प्लङ्केट, आदिल रसिद, जो रुट, क्रिस ओक्स र मार्क उड ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?