प्रत्यक्षतर्फका मतपत्र आयोगले आजदेखि छाप्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रत्यक्षतर्फका मतपत्र आयोगले आजदेखि छाप्ने

सारांश

  • निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका मतपत्र पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज (शुक्रबार)बाट छाप्न सुरु गर्ने भएको छ।
  • सर्वोच्च अदालतले बुधबार फरक–फरक मतपत्र छाप्ने विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पठाउने आदेश दिए पनि सो आदेशको औपचारिक पत्र आइनसकेकाले आयोगले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छाप्न लागेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।
  •  प्रमुख आयुक्त यादवले भने, ‘पूर्वनिर्धारित कार्यंक्रमअनुसार आजदेखि नै प्रत्यक्षतर्फको मतपत्र छापिन्छ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका मतपत्र पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज (शुक्रबार)बाट छाप्न सुरु गर्ने भएको छ।

सर्वोच्च अदालतले बुधबार फरक–फरक मतपत्र छाप्ने विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पठाउने आदेश दिए पनि सो आदेशको औपचारिक पत्र आइनसकेकाले आयोगले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छाप्न लागेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । प्रमुख आयुक्त यादवले भने, ‘पूर्वनिर्धारित कार्यंक्रमअनुसार आजदेखि नै प्रत्यक्षतर्फको मतपत्र छापिन्छ।’

आयोगले समानुपातिकतर्फको मतपत्र छापिसकेको छ। उसले यसअघि नै कात्तिक १० गतेदेखि नै प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजना बनाएको थियो ।

यसअघि बुधबार राजपा नेता सर्वेन्द्रनाथ शुक्लले प्रत्यक्षतर्फको मतपत्र दुई अलग पानामा छाप्नुपर्ने विषयमा अदालतको कात्तिक १ गतेको आदेशको मर्मअनुसार काम नभएको भन्दै हालेको मानहानी मुद्दामा सर्वोच्चले दुई मतपत्र छाप्नु वाध्यकारी भएकाले त्यस विषयमा भएको प्रगति विवरण तीन दिनभित्र अदालतलाई पठाउन आयोगलाई आदेश दिएको थियो ।

बिहीबार र शुक्रबार सार्वजनिक विदा परेकाले आयोगले सर्वोच्चको औपचारिक पत्र पाइनसकेकाले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै मतपत्र छाप्न लागिएको हो ।

सर्वोच्चको आदेशपछि वामगठबन्धनका नेताहरुले मतपत्रको प्राविधिक विषयलाई लिएर मंसिर १० र २१ गते तोकिएको निर्वाचनलाई प्रभावित पार्ने काम नगर्न चेतावनी दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेल समाचार : हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै
खेल समाचार : हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै
सरकारले जनतालाइ झुक्याउन पाउदैन : खनाल
सरकारले जनतालाइ झुक्याउन पाउदैन : खनाल
भारतीय सेनामा लगाइदिन्छु भन्ने ३८ लाख सहित पक्राउ
भारतीय सेनामा लगाइदिन्छु भन्ने ३८ लाख सहित पक्राउ
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ
इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ
Leader Nepal leaves for the US
Leader Nepal leaves for the US
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
विचौलियाका कारण किसान मारमा, उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन !
विचौलियाका कारण किसान मारमा, उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन !
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित