रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १०, २०७९
|
|
३५ पटक हेरिएको
Shares
रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

सारांश

  • काठमाडौँ ।
  • बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ ।
  • ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।

काठमाडौँ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।

भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मनुभएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गर्नुभएको थियो ।

सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षामन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुनुभएको थियो ।

उहाँ नेपाल बार एशोसिएशनको संस्थापक सदस्य पनि हुनुभयो । सत्तरी वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत आकाश यात्रामा जोड्नुभएको थियो ।

स्व बस्नेतका दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरको प्रबन्ध निर्देशक हुनुहुन्छ । बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुलासमेत गर्नुभएको थियो ।

“हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटालाई बुद्धएयरकर्मीले सधैँ अनुसरण गरी अगाडि बढ्नेछौँ, हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धा सुमन’, बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    free binance account

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/ur/register?ref=WTOZ531Y

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
इटहरीका मेयर माथि हातपात ! प्रहरीमा उजुरी
इटहरीका मेयर माथि हातपात ! प्रहरीमा उजुरी
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई
स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने
वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने
काभ्रेपलाञ्चोक-१ (१) मा माओवादी विजयी
काभ्रेपलाञ्चोक-१ (१) मा माओवादी विजयी
काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का
काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का