झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ४, २०७९
|
|
६६ पटक हेरिएको
Shares
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला

सारांश

  • काठमाडौं।
  • चुनाव नजिकिदै गर्दा झापा क्षेत्र नं ३ पनि चासो बन्न थालिसकेको छ ।
  • यो क्षेत्रबाट २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रसाद लिङ्देन विजयी भएका थिए ।

काठमाडौं। चुनाव नजिकिदै गर्दा झापा क्षेत्र नं ३ पनि चासो बन्न थालिसकेको छ । यो क्षेत्रबाट २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रसाद लिङ्देन विजयी भएका थिए । लिङ्देनको यही जीतले उनलाई राप्रपाको अध्यक्षसम्म बनायो ।

लिङ्देनले काँग्रेसका प्रभावशाली नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलालाई १३ हजार मतान्तरले पराजित गरेका थिए । लिङ्देनलाई त्यतिबेला नेकपा एमालेको पनि साथ थियो । उनले पनि केपी शर्मा ओलीलाई झापा ५ बाट चुनाव जित्न साथ दिएका थिए ।

२०७९ को मंसिर ४ मा हुने चुनावमा फेरि लिङ्देन र सिटौला आमनेसामने हुने सम्भावना बढेको छ । लिङ्देनले ओलीसँग चुनावी तालमेल गर्ने संकेत गरिसकेका छन् । सिटौला चुनावमा उम्मेदवार बनेमा सत्ता गठबन्धनमा रहेका दलहरुको बलियो साथ हुने देखिन्छ । २०७४ को चुनावी परिणामलाई आधार मान्दा सिटौलालाई लिङ्देनमाथि जीत हासिल गर्न कठिन देखिन्छ ।

स्थानीय तहको चुनावलाई आधार मान्दा झापा १ मा पर्ने मेचीनगरको मेयरमा एमाले विजयी भएको थियो । त्यहाँ एमाले र राप्रपाको मत जोड्दा गठबन्धन दलको मत ९ हजारले बढी हुन्छ ।

झापा १ मा पर्ने भद्रपुर ९ र १० को वडाध्यक्षमा एमाले र राप्रपाको मत जोड्दा काँग्रेससहितको गठबन्धनको भन्दा बढी हुन्छ । बुद्धशान्ति गाउँपालिकाको ४ देखि ७ वडासम्म वडाध्यक्षले पाएको मत जोड्दा पनि काँग्रेससहितको गठबन्धनको मत एमाले र राप्रपाको मिलाउँदा भन्दा कम हुन्छ ।

२०७४ को प्रतिनिधि सभा चुनाव र स्थानीय चुनावमा दलहरुले पाएको मतलाई आधार मान्दा गठबन्धनबाट सिटौला उम्मेदवार बनेमा सजिलो छैन । लिङ्देनलाई पनि एक्लै चुनाव लडेर जित्न मुश्किल छ । उनलाई पनि ओलीको साथ चाहिन्छ । ओली र लिङ्देन मिलेमा सिटौलालाई चुनाव कठिन हुनसक्छ ।

२०७९ को मंसिर ४ मा हुने चुनावमा फेरि लिङ्देन र सिटौला आमनेसामने हुने सम्भावना बढेको छ । लिङ्देनले ओलीसँग चुनावी तालमेल गर्ने संकेत गरिसकेका छन् । सिटौला चुनावमा उम्मेदवार बनेमा सत्ता गठबन्धनमा रहेका दलहरुको बलियो साथ हुने देखिन्छ । २०७४ को चुनावी परिणामलाई आधार मान्दा सिटौलालाई लिङ्देनमाथि जीत हासिल गर्न कठिन देखिन्छ ।

स्थानीय तहको चुनावलाई आधार मान्दा झापा ३ मा पर्ने कचनकवल र भद्रपुरमा नेपाली काँग्रेसले जीत हासिल गरेको थियो । हल्दीवारीमा राप्रपाले जितेको थियो । उक्त क्षेत्रमा पर्ने बिर्तामोडको वडा नम्बर १० मा पनि काँग्रेसले वडाध्यक्ष जितेको थियो ।

भद्रपुरको १ देखि ८ वडा झापाको ३ नम्बर क्षेत्रमा पर्दछ । उक्त क्षेत्रको २, ५, ६ र ८ मा काँग्रेसले जितेको थियो । राप्रपाले ३, ५ र ७ जितेको थियो । एमालेले १ नम्बर वडा जितेको थियो ।

सबै मतलाई आधार मान्दा काँग्रेसको मत बढी देखिन्छ । तर, एमाले र राप्रपा मिलेमा उनीहरुकै मत बढी देखिन्छ । काँग्रेस र माओवादीको मत जोड्दा पनि गठबन्धनलाई एमाले र राप्रपाको गठबन्धनसँग झापा ३ मा उछिन्न मुश्किल देखिन्छ । यसकारण झापा ३ मा कृष्ण सिटौला उम्मेदवार बनेमा एमाले विभाजनको असरमा भर पर्नुपर्ने हुन्छ । एमाले विभाजनको धेरै असर परे मात्र उनले बाजी मार्न सक्नेछन् । लिङ्देनको ओलीसँग तालमेल नभएमा वा असफल भएमा पनि सिटौलाको पल्लाभारी हुनसक्छ ।

यसकारण झापा ३ मा एमालेसँग राप्रपा मिलेमा सिटौलालाई कठिन पर्न सक्छ । लिङ्देनले पनि एमालेलाई खसेको मत हलोमा खस्ने अवस्था बनाउन चुनौती देखिन्छ ।

(https://conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
उद्योग परिसङ्घद्वारा हवाई भाडा घटाउन माग
उद्योग परिसङ्घद्वारा हवाई भाडा घटाउन माग
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
हुण्डी कारोबारविरुद्ध सीआईबीको कारबाही, एक जना नियन्त्रणमा
हुण्डी कारोबारविरुद्ध सीआईबीको कारबाही, एक जना नियन्त्रणमा
बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो
बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो
टोखामा ब्लडपल र स्वनिगः हाइकर्सको रक्तदान कार्यक्रम सम्पन्न
टोखामा ब्लडपल र स्वनिगः हाइकर्सको रक्तदान कार्यक्रम सम्पन्न
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
वीरविक्रमका निर्देशक राईको चरित्रहत्या गर्ने थुनामा
वीरविक्रमका निर्देशक राईको चरित्रहत्या गर्ने थुनामा
२४ घन्टामा १६ सय ६९ संक्रमित थप, ५६९९ जना डिस्चार्ज
२४ घन्टामा १६ सय ६९ संक्रमित थप, ५६९९ जना डिस्चार्ज

तपाईंले छुटाउनुभयो कि?