उद्योग परिसङ्घद्वारा हवाई भाडा घटाउन माग

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २०, २०७९
|
|
५४ पटक हेरिएको
Shares
उद्योग परिसङ्घद्वारा हवाई भाडा घटाउन माग

सारांश

  • काठमाडौँ ।
  • नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ ।
  • मन्त्री किराँतीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारबारे सुझाव दिएको परिसङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ ।

मन्त्री किराँतीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारबारे सुझाव दिएको परिसङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

“हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, युरोपियन युनियनले नेपाललाई राखेको सुुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि परिसङ्घले मन्त्री किराँतीसँग आग्रह गरेको छ”, परिसङ्घले विज्ञप्तिमा भनेको छ ।

मन्त्री किराँतीसँगको भेटमा परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले नेपालको हवाई भाडा अत्यन्त महङ्गो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विदेशी पर्यटकहरू आउन नसकिरहेको धारणा राखे । त्यस्तै, परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसङ्घले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आइरहेको उल्लेख गर्नुहुँदै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए ।

परिसङ्घअन्तर्गतको पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योग सरह पाउने सुविधा दिन आग्रह गरे। यस्तै अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको प्रवर्द्धन अभियान सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको बारे पनि परिसङ्घले मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न र नेपाललाई ‘फिल्मिङ’ गन्तव्यका रूपमा विकास एवं प्रवर्द्धनका पहल गर्न पनि परिसङ्घले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो टी-२० म्याचमा नेपाललाई जीतको लागी १५४ रनको लक्ष्य
पहिलो टी-२० म्याचमा नेपाललाई जीतको लागी १५४ रनको लक्ष्य
१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु
१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
खड्ग ओलीको सत्ताको खड्को टरेकै हो ?
खड्ग ओलीको सत्ताको खड्को टरेकै हो ?
के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट
के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’
कृषिको आधुनिकीकरण आवश्यक– मन्त्री खनाल
कृषिको आधुनिकीकरण आवश्यक– मन्त्री खनाल
नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने !
संसदमा गैर संसदीय शव्द नबोलेको प्रम ओलीको दावी
संसदमा गैर संसदीय शव्द नबोलेको प्रम ओलीको दावी
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय

तपाईंले छुटाउनुभयो कि?