आलिया भट्ट पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित परिन!

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक ६, २०७६
|
|
५८ पटक हेरिएको
Shares
आलिया भट्ट पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित परिन!

सारांश

  • काठमाडौं।
  • बलिउड अभिनेत्री आलिया भट्ट पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित परेकी छन्।
  • यो प्रश्न केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको बिहेको निम्तो कार्डका बारेमा थियो।

काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित परेकी छन्। यो प्रश्न केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको बिहेको निम्तो कार्डका बारेमा थियो। पत्रकारहरूले ‘के यो साँचो हो’ भनेर सोध्दा आलियाले हाँसेर मात्र टारेकी हिन्दुस्तान टाइम्सले लेखेको छ। उनले यो कार्डबारे केही टिप्पणी दिइनन्।मुम्बई एअरपोर्टमा भेटिएकी आलिया आफ्नो उडानका लागि हतारिँदै थिइन्

। त्यहीँ पत्रकारहरूले सोधेका थिए, ‘हामीले २२ जनवरी, २०२० मा तपाईंको बिहे भन्ने सुनेका छौं, के यो सही खबर होरु’ हिन्दुस्तान टाइम्सका अनुसार उनी बेस्सरी हाँसेर केही नभनी हिँडेकी थिइन्। पत्रकारहरूले साह्रै सोध्न थालेपछि उनले अन्तिममा ‘म के भनुँरु हैन’ मात्र भनेर हिँडिन्।

सामाजिक सञ्जालमा भाइरल भएको उनको बिहेको कार्ड आकर्षक देखिन्छ। यसमा आलिया र उनका प्रेमी अभिनेता रणवीर कपुरको बिहे आगामी जनवरी २२ मा हुने लेखिएको छ। यो कार्ड नक्कली हो भन्नेमा कुनै शंका नरहेको हिन्दुस्तान टाइम्सले लेखेको छ। कार्डमा आलिको नामको हिज्जे गलत छ र आलियाका बुबाको नाम पनि महेश भट्टको साटो मुकेश लेखिएको छ। मुकेश आलियाका काका हुन्।

केही समयअघि आलियालाई करण जोहरले पनि बिहेबारे सोधेका थिए। जियो मामी फिल्म फेस्टिभलको कार्यक्रममा करणले आलियालाई सोधेका थिए, ‘करिना कपुर तिम्री आमाजू हुन्छिन् भन्ने कहिल्यै सोचेकी थियौरु’ आलियाले केही भन्नुअघि नै रणवीरकी बडाबाकी छोरी करिनाले ‘म संसारकै खुसी महिला हुनेछु’ भनेकी थिइन्।

करिनापछि आलियाले पनि ‘साँच्चै भन्दा मैले यसबारे कहिल्यै कल्पना गरेकी थिइनँ। अहिले पनि किन सोच्नुपर्‍यो र। जब हुन्छौं, भइहाल्छौं’ भनेकी थिइन्। आलिया र रणवीर कपुर पछिल्लो एक वर्षयता प्रेममा छन्। उनीहरूको बिहेबारे बेला बेला चर्चा चलिनैरहन्छ। यो जोडी आयान मुखर्जीको ‘बह्मास्त्र’मा देखिँदैछन् जसमा अमिताभ बच्चन पनि मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योगीयुगमा उत्तर प्रदेशमा ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’, हजारौं ‘इनकाउन्टर’
योगीयुगमा उत्तर प्रदेशमा ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’, हजारौं ‘इनकाउन्टर’
डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी
डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी
आमरण अनसनकारी डा. गोविन्द केसीविरुद्ध आमरण अनसनमा विजय थापा
आमरण अनसनकारी डा. गोविन्द केसीविरुद्ध आमरण अनसनमा विजय थापा
कांग्रेसले राष्ट्रियसभा सदस्यको टुंगो लगाउँदै
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त
विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने
विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया
निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया
नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने
नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने
नेपालमा कोरोनाको प्रकोप बढ्दो, प्रतिघण्टा २७ जना संक्रमित थपिदै

तपाईंले छुटाउनुभयो कि?