पृथ्वीनारायण सङ्ग्रहालय निर्माण शुरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १०, २०७६
|
|
३९ पटक हेरिएको
Shares
पृथ्वीनारायण सङ्ग्रहालय निर्माण शुरु

सारांश

  • नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ ।
  • विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गर्नुभएका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार सात रोपनी जग्गामा रु पाँच करोड २८ लाख लगानीमा निर्माण थालिएको सङ्ग्रहालय दुई वर्षभित्र पूरा गर्न निर्माणको जिम्मेवारी शृङ्खला निर्माण सेवा बट्टारलाई दिइएको छ ।

नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गर्नुभएका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सात रोपनी जग्गामा रु पाँच करोड २८ लाख लगानीमा निर्माण थालिएको सङ्ग्रहालय दुई वर्षभित्र पूरा गर्न निर्माणको जिम्मेवारी शृङ्खला निर्माण सेवा बट्टारलाई दिइएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत ठेक्का लगाएर निर्माण थालिएको सङ्ग्रहालय चारतलाको हुने छ जसमा नुवाकोट, रसुवा र धादिङमा रहेका नौ कोटसँग सम्बन्धित सबै विषयवस्तुलाई उतारेर प्रदर्शनीमा राखिने छ ।

भवन विभागमार्फत काम थालिएको र पुरातत्व विभागसँग सम्बन्धित नभए पनि काम सम्पन्न भएपछि समन्वय गरेर नुवाकोटसहित मुलुकभरमा रहेका शाहसँग जोडिएका र उनले प्रयोग गरेका तोप र हातहतियार, उनले दिएको दिव्योपदेशलगायतलाई सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिने बताइएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग
भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग
राष्ट्रिय जनमोर्चा एमाले–माओवादीसँग एकता गर्न जादैनः अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चा एमाले–माओवादीसँग एकता गर्न जादैनः अध्यक्ष केसी
For what reason Do Persons Think That Online dating services Is Worth It? Here Is A number of the Benefits Of Online dating sites!
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
राजधानीमा आजदेखि पुष्प मेला शुरु
राजधानीमा आजदेखि पुष्प मेला शुरु
सिलवाललाई उपस्थित गराइदिन  ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
उच्चपदस्थको यात्राले जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प
उच्चपदस्थको यात्राले जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट

तपाईंले छुटाउनुभयो कि?