प्रधानमन्त्री ओलीले भने ठीक छु चाँडै काममा फर्किन्छु

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ११, २०७६
|
|
५५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले भने ठीक छु चाँडै काममा फर्किन्छु

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा संलग्न चिकित्सकहरुसँग केहीबेर कुराकानी गरेका छन् ।
  • बुधबार विहान उनले केहीबेर कुराकानी गरेको उपचारमा संलग्न डा.
  • अरुण सायमीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा संलग्न चिकित्सकहरुसँग केहीबेर कुराकानी गरेका छन् । बुधबार विहान उनले केहीबेर कुराकानी गरेको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिए ।

‘उहाँले उच्च मनोबलका साथ छिट्टै काममा फर्कनसक्ने बताउनुभयो,’ डा. सायमीले भने । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको सायमीको भनाई थियो ।

मंगलबार साँझ ओलीको स्वास्थ्यमा जोखिम बढेको थियो । उनको धेरै अङ्गमा संक्रमण बढेपछि चिकित्सकहरुले रोगप्रतिरोधका लागि औषधीहरु चलाएर भेन्टिलेटरमा राखेका थिए । स्वास्थ्यमा सुधार भएपछि भ्यान्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

संक्रमणको खतरालाई ध्यानमा राखेर ओलीलाई केही दिन अझै अस्पतालमा राखिने भएको छ । पेट दुख्ने समस्याका कारण प्रधानमन्त्री ओलीलाई मंगलबार विहान आकस्मिक रुपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्स्प्लान्ट सेन्टरको भेन्टिलेटरमा राखिएको थियो । ओलीको हिजै एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भएपनि अन्य अङ्गमा संक्रमण भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
नारायणी नदी व्यवस्थापन आयोजनाको काम सुस्त
नारायणी नदी व्यवस्थापन आयोजनाको काम सुस्त
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडि
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडि
प्रदेश ३ को बस्तुस्थिति : ९ सय ६५ वटा उद्योग, ४९ हजार रोजगार
प्रदेश ३ को बस्तुस्थिति : ९ सय ६५ वटा उद्योग, ४९ हजार रोजगार
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
बागलुङ दुर्घटनाका १० जनाको पहिचान
बागलुङ दुर्घटनाका १० जनाको पहिचान
तराईमा तातो हाला ‘लू’ चल्दा जनजीवन कठिन
तराईमा तातो हाला ‘लू’ चल्दा जनजीवन कठिन
१७ लाखको चेक बोकेर वडा सचिव गायव !
१७ लाखको चेक बोकेर वडा सचिव गायव !
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा
कोरोनासँग जुधिरहेका ट्रम्पले भने – म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ

तपाईंले छुटाउनुभयो कि?