भारतीय बजारबाट तस्करी गरी ल्याएको समान धमाधम नियन्त्रणमा लिदै:शसत्र प्रहरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
४६ पटक हेरिएको
Shares
भारतीय बजारबाट तस्करी गरी ल्याएको समान धमाधम नियन्त्रणमा लिदै:शसत्र प्रहरी

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

विराटनगर १०, भदौ ।पछिल्लो समयमा सिमा क्षेत्रमा हुँदै आएको तस्करी नियन्त्रणमा पछिल्लो केही समयमा  सशस्त्र प्रहरीले निगरानी बढाएसंगै तस्करीको समान धमाधम नियन्त्रणमा आउन थालेको छ।

सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भारत सग नाका जोडीएकोठाउँ बाटअढाई लाख बढीको कपडा बरामद गरेको छ । बिओपी लौकही बाट सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङ नेतृत्वको टोलिले भारतबाट तस्करी गरी मोटरसाइकलमा ल्याउदै गरेको २ लाख १२ हजार बराबरको लत्ताकपडा र १ सय केजी केराउ सहित एच.आर. ०१३८७८ नम्बरको मोटरसाइकल नियन्त्रण लिई सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ ।

बिहानै भारतीय बजारबाट तस्करी गरी ल्याएको २ लाख ५७ हजार बराबर लत्ताकपडा र केराउ गस्तीमा खटिएको टोलिले नियन्त्रणमा लिएको बिओपी लौकहीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङले बताए।

यस्तै भारतीय बजार बाट अवैध रूपमा ल्याउदै गरेको ८० हजार बराबर कपडा र रजनीगन्धा बिओपी श्रीपुरबाट खटिएको सशस्त्र प्रहरी टोलिले नियन्त्रणमा लिएको बिओपी श्रीपुरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक निरन थापाले बताए।सिमा क्षेत्रमा हुँदै आएको तस्करी नियन्त्रणमा पछिल्लो केही समयमा  सशस्त्र प्रहरीले निगरानी बढाएसंगै तस्करीको समान धमाधम नियन्त्रणमा आउन थालेको निरीक्षक निरन थापाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?