कार्यान्वयनमा गएनन् राष्ट्रिय गौरवका दुई आयोजना

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १६, २०७६
|
|
४७ पटक हेरिएको
Shares
कार्यान्वयनमा गएनन् राष्ट्रिय गौरवका दुई आयोजना

सारांश

  • राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयनमा नरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
  • राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय एवं अनुगमन तथा मूल्याङ्कन गर्छ ।
  • आयोगले प्रकाशन गरेको राष्ट्रिय गौरवका आयोजनाहरुको आर्थिक वर्ष २०७५र२०७६ को वार्षिक प्रगति स्थिति प्रतिवेदनमा दुवै आयोजनाको भौतिक एवं वित्तीय प्रगति शून्य देखाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयनमा नरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय एवं अनुगमन तथा मूल्याङ्कन गर्छ । आयोगले प्रकाशन गरेको राष्ट्रिय गौरवका आयोजनाहरुको आर्थिक वर्ष २०७५र२०७६ को वार्षिक प्रगति स्थिति प्रतिवेदनमा दुवै आयोजनाको भौतिक एवं वित्तीय प्रगति शून्य देखाइएको छ ।

कार्यान्वयन क्षेत्र डोटी, डढेल्धुरा, बैतडी र बझाङ रहेको पश्चिम सेती आयोजनाबाट ४५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । आयोजनाका बारेमा लगानी बोर्डले आवश्यक अध्ययन गरिरहेको विवरणमात्र आयोगमा प्राप्त भएको योजना अधिकृत कृष्ण व्याञ्जुले राससलाई जानकारी दिनुभयो ।

नेपाल सरकार र अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनबीचको सहकार्यमा गत आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा विद्युत् प्रसारण आयोजना समावेश गरिएको हो । यसका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्ने सम्झौता दुई वर्षअघि भएको थियो ।

२० गौरवका आयोजनाका प्रगति

गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ८०.७९ र वित्तीय प्रगति ७३.७४ प्रतिशत छ । यसैगरी बबई सिँचाइ आयोेजनाको भौतिक ४६.४१ र वित्तीय ४३.३६ प्रतिशत प्रगति छ । रानीजमरा कूलरीया सिँचाइ आयोजनाको भौतिक ८२.७३ र वित्तीय ५१.२७ प्रतिशत प्रगति छ ।

यसैगरी भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक १०० र वित्तीय ९८.६५ प्रतिशत प्रगति छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक ७१.५६ र वित्तीय ९७.०२ प्रतिशत प्रगति छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक ९१.५० र वित्तीय ९१.५१ प्रतिशत प्रगति छ ।

आयोगले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको भौतिक ९६ र वित्तीय ९१ प्रतिशत प्रगति भएको जनाएको छ । आयोगका अनुसार पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको भौतिक १०० र वित्तीय ६९ प्रतिशत प्रगति भएको छ भने निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको भौतिक ९० र वित्तीय ९३.१८ प्रतिशत प्रगति भएको छ ।

पशुपति क्षेत्र विकास कोषको भौतिक ८३.७ र वित्तीय ५४.५२ प्रतिशत उपलब्धि हासिल भएको आयोगले जनाएको छ । लुम्बिनी क्षेत्र विकास कोषको भौतिक १०० र वित्तीय ९९.९९ प्रतिशत प्रगति छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको भौतिक ९७.४ र वित्तीय पनि ९७.४ प्रतिशत नै प्रगति छ ।

रेल्वे तथा मेट्रो विकास आयोजनाको भौतिक ७७.६७ र वित्तीय ७१ प्रतिशत उपलब्धि हासिल भएको आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । हुलाकी लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ९७.४ प्रतिशत छ । उत्तर दक्षिण (कोशी) लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ८७.३९ प्रतिशत छ ।

उत्तर दक्षिण (कालीगण्डकी) लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ९२.४ प्रतिशत छ । उत्तर दक्षिण (कर्णाली) लोकमार्गको भौतिक १०० र वित्तीय पनि १०० नै उपलब्धि छ । काठमाडौँ तराई–मधेस द्रुतमार्गको भौतिक १०० र वित्तीय ९६.४३ प्रतिशत प्रगति छ ।

आयोगका अनुसार काकाकुल राजधानीको तिर्खा मेट्न उपयोगी मानिएको मेलम्ची खानेपानी आयोजनाको भौतिक ७४.७४ र वित्तीय प्रगति ४१.३८ प्रतिशत छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको भौतिक ९५.०७ र वित्तीय प्रगति ९१.१४ प्रतिशत विवरण प्राप्त भएको योजना अधिकृत सोना श्रेष्ठले सुनाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि उडान सुचारू
त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि उडान सुचारू
भरतपुर महानगरपालिका ताजा अपडेट ! एमालेआगाडी
भरतपुर महानगरपालिका ताजा अपडेट ! एमालेआगाडी
शिक्षाका लक्ष्य हासिल पूरा गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री श्रेष्ठ
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् महाभारतकी ‘द्रौपदी’ले
तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् महाभारतकी ‘द्रौपदी’ले
थाइल्याण्डले समेत कडाई गर्यो नेपालीलाई भिषा दिन
थाइल्याण्डले समेत कडाई गर्यो नेपालीलाई भिषा दिन
स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता
स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु

तपाईंले छुटाउनुभयो कि?