तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् महाभारतकी ‘द्रौपदी’ले

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् महाभारतकी ‘द्रौपदी’ले

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

एजेन्सी । अभिनेत्री रुपा गागुंली ५२ वर्षकी पुगेकी छन् । ३० वर्षपहिला बी आर चोपडाले बनाएको सीरियल महाभारतमा द्रौपदीको भूमिका भिाएपछि रुपा घरघरमा चर्चित बनेकी थिइन् ।

रुपाको जन्म २५ नोभेम्बर १९६६ मा कोलकाताको कल्याणीमा भएको थियो । बंगाली सयुँक्त परिवारमा हुर्केकी रुपाले केही हिन्दी र बंगाली फिल्मका साथै सानो पर्दामा पनि काम गरिन् ।

रुपाले १९९२ मा एक मेकानिकल इन्जिनियर ध्रुब मुखर्जीसँग बिहे गरेकी थिइन् । बिहेको १७ वर्षपछि २००९ मा सम्बन्ध विच्छेद भयो । उनीहरु २००७ देखि नै अलग अलग बस्न थालेका थिए । उनीहरुको एक छोरा आकाश मुखर्जी छन् ।

रुपाले आफ्नो श्रीमानका लागि करिअर छोडिन् । र साथमा कोलकाता गइन् । उनी पूर्णरुपमा गृहणी बनिन् । तर दैनिक खर्चका लागि उनीहरु आर्थिंक संकटमा फसेका थिए । दैनिक खर्चका लागि उनलाई श्रीमानले रुपैयाँ दिँदैन थिए । यसै कारण दैनिकजसो दुईजनाबीच झगडा हुन थाल्यो ।

यसै कारण रुपाले तीन पटक आत्महत्याको पनि प्रयास गरिन् । श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि उनी आफूभन्दा १३ वर्ष कान्छा प्रेमी दिब्येंदुसँगै मुम्बईस्थित आफ्नो फ्ल्याटमा बस्छिन् । यी सबै कुरा २००९ मा प्रशारण भएको एक कार्यक्रम सचका सामानामा उनले आफै भनेकी हुन् । यसैक्रममा उनले महाभारतमा काम गर्दा एक्सट्रा म्यारिटल रिलेशन पनि रहेको बताएकी थिइन् ।

रुपाले २०१५ मा भारतीय जनता पार्टीमा प्रवेश गरिन. । २०१६ मा उनी पश्चिम बंगलाको हावडा नर्थ सिटबाट विधानसभा चुनाव पनि लडिन् तर पराजित भइन् ।

२०१६ मै उनलाई राज्यसभामा मनोनित गरियो । रुपाले कैयौं बलिउड फिल्मका साथै हिट टीभी सीरियलमा पनि काम गरिन् । उनले प्लेब्याक सीगिंगका लागि नेशनल अवार्ड पनि जितेकी छन् ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?