सामाजिक सञ्जाल प्रयोग गर्दा हाेशियार, जेल जानुपर्ला!

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १४, २०७६
|
|
५३ पटक हेरिएको
Shares
सामाजिक सञ्जाल प्रयोग गर्दा हाेशियार, जेल जानुपर्ला!

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।
  • समितिको आजको बैठकको बहुमतले विधेयक पारित गरेको हो ।

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। समितिको आजको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिइन् ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फरक मत राख्ने सांसदहरुको आठ वटा बुँदा सरकारले स्वीकार गरेको बताए । लोकतान्त्रिक मूल्य पद्दति विरुद्ध विधेयक बनाएर पेश गर्न संविधानले नै अनुमति नदिने भएकाले त्यसो नगरिएको उनले स्पष्ट पारे । “यो देशको कानून हो, सत्ता पक्षको मात्र कानून होइन, विधेयकमा नागरिक अधिकार कुण्ठित गर्ने विषय छन् भन्नु स्याल हुइँया मात्र हो, सरकारको आलोचना गर्न पाइन्छ तर जथाभावी गर्न पाइँदैन”, मन्त्री बाँस्कोटाले भने । फरक मत राख्ने सांसदहरुले पनि भित्र–भित्र विधेयक पारित भए हुन्छ भन्ने मान्यता राखेको उल्लेख गर्दै राजनीतिक कारणले विरोध गरेको हुनसक्ने उनले बताए ।

 विधेयक पारित गर्ने सन्दर्भमा सांसदहरु सत्ता र प्रतिपक्षमा विभाजित भएका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले ३६ बुँदाको संशोधनसहितको विधेयक पारित गर्नुपर्ने मत राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले विधेयकको दफा ८८ र ९१ देखि ९४ सम्मका बुँदा भने नागरिक स्वतन्त्रता र संविधानको मर्मविपरीत भएकाले हटाउन माग गरेका थिए ।

 

विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमितिमा लिखित ‘नोट अफ डिसेन्ट’ पेश गरेका सांसद बहादुरसिंह लामाले नागरिकले बोल्ने अधिकार कुण्ठित गर्ने प्रावधान विधेयकमा राखिएकाले स्वीकार गर्न नसकिने बताए ।

संविधानको मर्मविपरीत आएको यो विधेयक प्रजातान्त्रिक मूल्य मान्यताविपरीत रहेको समेत उनले आरोप लगाए । फरक मतलाई संसद्को अभिलेखमा रहने गरी अघि बढाउन सांसद लामाले माग गरे । सांसद रामबहादुर विष्टले दफा ८८ र ९१ देखि ९४ सम्मका प्रावधान हटाएर समितिबाट सर्वसम्मत रुपमा पारित गर्ने व्यवस्था गर्न माग गरेका थिए ।

 सांसद रङ्गमती शाहीले लोकतान्त्रिक मूल्य मान्यतामा सरकारविरुद्ध बोल्न नपाइने गरी विधेयक मस्यौदा गरी पारित गरिन लागेको भन्दै आपत्ति जनाइन् । सांसद टोपबहादुर रायमाझीले लोकतन्त्र भनेको छाडातन्त्र नभएकाले सूचना प्रविधिलाई व्यवस्थित गर्न विधेयक आएको बताए । समाचार र विचारलाई भने सम्मान गरिनुपर्ने उनको भनाइ थियो । सांसद गणेशकुमार पहाडीले सूचना प्रविधिको विषयलाई व्यवस्थित गर्ने अर्को कानून नभएकाले धेरै मानिस पीडित भएको उल्लेख गर्दै समितिमा विधेयक पारित नगरी अनिर्णयको बन्दी बनाइनु नहुने बताए ।

विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमिति संयोजकसमेत रहेकी सांसद बिनाकुमारी श्रेष्ठले बुँदा बुँदामा छलफल गरी फरक मतसहित प्रतिवेदन समितिमा पेश गरिएको बताइन् । सांसदहरु यज्ञराज सुनुवार, दामोदर भण्डारी, केदार सिग्देल, आशाकुमारी विक, लीलानाथ श्रेष्ठले विधेयक पारित हुनुपर्नेमा जोड दिएका थिए । विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अव सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
थाहा छ त जापान सम्बन्धी यी २० रोचक तथ्यहरु ?
थाहा छ त जापान सम्बन्धी यी २० रोचक तथ्यहरु ?
देशमा फेरि द्वन्द्व उद्योग मच्चाउन खोजिएको ओलीको गुनासो
देशमा फेरि द्वन्द्व उद्योग मच्चाउन खोजिएको ओलीको गुनासो
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न फोरम र नयाँ शक्तिको माग
तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न फोरम र नयाँ शक्तिको माग
प्रधानमन्त्री ओलीले सोधे गृहमन्त्री थापालाई स्पष्टिकरण
प्रधानमन्त्री ओलीले सोधे गृहमन्त्री थापालाई स्पष्टिकरण
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
कसरी थाहा पाउने श्रीमती अर्कैसँग लागेकाे कुरा !
कसरी थाहा पाउने श्रीमती अर्कैसँग लागेकाे कुरा !
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समचारहरु
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समचारहरु
घरभाडा नबढाउन सङ्घको अपिल
घरभाडा नबढाउन सङ्घको अपिल

तपाईंले छुटाउनुभयो कि?