संयमता अपनाउन आयोगको आग्रह

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ५, २०७४
|
|
६० पटक हेरिएको
Shares
संयमता अपनाउन आयोगको आग्रह

सारांश

  • काठमाडौँ, ५ असार ।
  • निर्वाचन आयोगले सामाजिक सद्भाव राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई अपिल गरेको छ ।
  • दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारका क्रममा बाजुरालगायत जिल्लामा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताबीच झपड भई दुःखद् घटना भएपछि आयोगले निर्वाचनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा संयमता अपनाउन अनुरोध गरेको हो ।

काठमाडौँ, ५ असार । निर्वाचन आयोगले सामाजिक सद्भाव राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई अपिल गरेको छ ।

दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारका क्रममा बाजुरालगायत जिल्लामा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताबीच झपड भई दुःखद् घटना भएपछि आयोगले निर्वाचनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा संयमता अपनाउन अनुरोध गरेको हो । आयोगले यही असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्नेखालका कुनै पनि किसिमका घटना हुन नदिनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।

आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुरा, छेडेदह – ५ डोगडीका हंसबहादुर राउतको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा गम्भीर घाइते भएकामा उपचारार्थ बाजुराको मार्तडीतर्फ लैजाने क्रममा उनको निधन भएको थियो ।

आयोगको आजको बैठकले राउतप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी उम्मेदवारी दर्ताकै क्रममा आइतबार कपिलवस्तु, बाडगङ्गा ¬– ४ भित्री हुलाकी सडकखण्डमा बम विस्फोटमा परी १० व्यक्ति घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति
लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति
पुरुषको यी अंगहरु देखेर दिवाना हुन्छन स्त्रीहरु
पुरुषको यी अंगहरु देखेर दिवाना हुन्छन स्त्रीहरु
तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न
मुगुमा पहिलो पटक अदालती विवाह
मुगुमा पहिलो पटक अदालती विवाह
‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै
‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै
भारुको साटन गएको नेपाली टोली रित्तै आयो
भारुको साटन गएको नेपाली टोली रित्तै आयो
सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार
सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार
उपत्यकामा थपियो निषेधाज्ञा, प्रोटोकल पुर्याएर ८ बजेपछि सवारी चलाउन पाइने
उपत्यकामा थपियो निषेधाज्ञा, प्रोटोकल पुर्याएर ८ बजेपछि सवारी चलाउन पाइने

तपाईंले छुटाउनुभयो कि?