माछा पालनमा नयाँ प्रविधि

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ५, २०७६
|
|
६५ पटक हेरिएको
Shares
माछा पालनमा नयाँ प्रविधि

सारांश

  • काठमाडौँ, ५ माघ ।
  • सानो स्थान, थोरै क्षेत्रफल, थोरै पानीमा धेरै आम्दानी ।
  • यही प्रबिधिका कारण राम्रो आम्दानी लिन सक्ने भएपछि अहिले नेपाली किसानको बायोफ्लक्स प्रबिधिबाट माछा पालन तिर आर्कषण बढ्र्दै गएको छ ।

काठमाडौँ, ५ माघ । सानो स्थान, थोरै क्षेत्रफल, थोरै पानीमा धेरै आम्दानी । यही प्रबिधिका कारण राम्रो आम्दानी लिन सक्ने भएपछि अहिले नेपाली किसानको बायोफ्लक्स प्रबिधिबाट माछा पालन तिर आर्कषण बढ्र्दै गएको छ ।

नेपालमा नै पहिलो पटक यो नयाँ प्रबिधिबाट माछा पालन गर्ने किसानको आर्कषण बढ्दै गएको हो । यो प्रबिधिको प्रयोग गर्दा माछा पाल्ने ठूला–ठूला खाडी बनाएर जमिन बिगार्न पर्दैन । ठूलो पोखरीमा हालेका माछाका भुरा मध्ये ३० देखि ४० प्रतिशतसम्म बिभिन्न सर्प, भ्याुगक्ता बकुल्ला लगायतले खाने गर्दछन् । थोरै करेसा बारीमा समेत धेरै माछा पालेर राम्रो आम्दानी लिन सकिने झापाको गौरादह नगरपालिका २ स्थित क्याम्पसमोडका रोनिस बायोफ्लक्स फिस फार्मिङका सञ्चालक मोहन पराजुलीले बताए । घरको पश्चिमपट्टीको १० धुर जग्गामा चारवटा ट्याङ्की निर्माण गरेर माछा पालन गर्न सुरु गर्नु भएका पराजुली अब चाँडै क्षेत्र बिस्तार गरेर धेरै ट्याङ्की निर्माण गर्ने योजनामा रहेको बताए । सामान्य त एउटा दश हजार लिटर पानी आट्ने ट्याङ्की निर्माण गरिन्छ । ४ फिट देखि साढे चार फिट अग्लो यो ट्याङकी एक पटकमा १२ सय माछाको भुरा पाल्न सकिने पराजुलीले बताए । सानो ट्याङ्की भएकाले चारो समेत सबै माछाले समान रुपले खान पाउछन् । यसले गर्दा सबैमा तौल समान खालकै हुन्छ ।

ठुलो पोखरीमा भुरा हालेको ६ महिना पछि मात्र माछा खान योग्य हुन्छन् । यो नयाँ प्रबिधिमा चार महिनामा नै माछा खान योग्य हुन्छन् पराजुलीको अनुभव छ । समय क्षेत्रफल लगानी समेत सबै कुराको दृश्टिले किफायती भएका कारण मैले यो प्रबिधिलाई रोजेको हो पराजुलीको भनाइ छ ।
यो प्रबिधिबाट माछा पाल्दा छानो हालेर सुरक्षित प्लाष्टिकको ट्याङ्की निर्माण गरिन्छ । ट्याङ्कीमा माछा पाल्नु अघि यसको उपचार गरिन्छ । पानी भरे पछि प्रति ट्याङ्की १० किलो ढिके नुन, अधाकिलो गुण वा सखर मिसाएर सात दिनसम्म राख्नु पर्छ । यसो गर्दा माछालाई आवश्यक पर्ने खाद्य तत्व पानीमा उत्पादन हुने गर्दछ । १४ दिन पछि माछाको भुरा हाल्न सकिने उनको भनाई छ । यसरी पालिएका माछा पाँच महिनामा र्औषतमा पाँच देखि सातसय ग्राम तौलसम्मका हुने गरेको पराजुलीले बताए । यो नेपालमा पहिलो प्रयास भएकाले मैले पनि परीक्षण तथा अध्ययनको रुपमा नै लिएको छु । यसबाट केही सकारात्मक प्रतिफल आएको छ । अब यसलाई चाँडै बिस्तार गर्ने योजनमा रहेको उनले बताए । नेपालमा व्यवसायिक रुपमा यो प्रबिधि भित्र्याउने झापाको बिर्तामोड नगरपालिकाका कालिका वायोफ्क्स फिस फर्मिङका सञ्चालक कुवेर ढुङ्गाना छन् ।लामो सयमसम्म बिदेशमा बसे । नेपाल फर्कदा के गर्ने भन्ने अन्यौल भयो । मेरो साथीसँग इण्डोनेशिया घुम्न जाँदा त्यहाँ यो प्रबिधिको प्रयोग गरेर माछा पालन गरेको देखें । यस बिषयमा धेरै अध्ययन समेत गरे । त्यपछि नेपाल फर्केर आएपछि आफ्नै करेसा बारीमा ६ वटा ट्याङ्की निर्माण गरेर माछा पालन सुरु गरेको ढुङ्गानाले बताए । यही प्रबिधिलाई अहिले प्राबिधिक ज्ञान सहित यसको बिस्तरमा लागेको छु ढुङ्गानाको भनाइछ । अहिले हामी मार्फत नै नेपालका बिभिन्न क्षेत्रमा ६० वटाभन्दा बढी ट्याङ्की निर्माण भइसकेका छन् उनले जानकारी दिए । बिदेशमा काम गरेर फर्कनु भएका पराजुलीले समेत यही प्रबिधिको खोजी गर्दै जाँदा उचित लागेर पाल्न सुरु गरेको बताए । एउटा ट्याङ्की निर्माण ग र्न ६० हजार रुपियाँ मात्र खच हुने गरेको छ । यो प्रबिधिबाट इण्डोनेशिया कोरीया र इजरायलमा बढी चलेको बताइएको छ ।
गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा
पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा
मुख्यमन्त्री शेरधन राईलाई बम आक्रमणबाट बचाउने असईको बढुवा !
मुख्यमन्त्री शेरधन राईलाई बम आक्रमणबाट बचाउने असईको बढुवा !
प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
आजको मौसमः कतै मेघ गर्जनसहित त कतै छिटफुट बर्षा हुने
आजको मौसमः कतै मेघ गर्जनसहित त कतै छिटफुट बर्षा हुने
निशान हत्या प्रकरण: चलाइएको गोलीको ‘बलिष्टिक’ परीक्षण गरिने
निशान हत्या प्रकरण: चलाइएको गोलीको ‘बलिष्टिक’ परीक्षण गरिने
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
काँग्रेस बैठक पुस १० गते बस्ने
काँग्रेस बैठक पुस १० गते बस्ने
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए

तपाईंले छुटाउनुभयो कि?