अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ३, २०७६
|
|
४० पटक हेरिएको
Shares
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य

सारांश

  • काठमाडौं।
  • १० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक ब्याटिङ गरेपछि मलेसियामा जारी यु–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको छ ।
  • टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको हो ।
काठमाडौं। १० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक ब्याटिङ गरेपछि मलेसियामा जारी यु–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको हो । 
आजको खेलमा नेपालको सुरुवात सन्तोषजनक हुन सकेन । नेपालले २० ओभरको खेल हुँदा ८१ रनको स्कोरमा पाँचौं विकेट गुमाइसकेको थियो । तर, त्यसपछि रोहितकुमार पौडेल र भीम सार्कीले ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाले । छैटौं विकेटको रुपमा कप्तान रोहित कुमार पौडेल आउट हुँदा नेपालको स्कोर १७३ रन पुगिसकेको थियो । 
कप्तान पौडेल आउट भएपछि भने नेपालको इनिङ फेरि धर्मरायो । त्यसपछि लगातार विकेट जाँदा १७८ रनको स्कोरमा नेपालले ९ विकेट गुमाइसकेको थियो । नेपालका लागि १० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक इनिङ खेल्दै २३ बलमा ४१ रन बनाएपछि नेपालको स्कोर २२९ रन पुगेको हो । 
नेपालको लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रन बनाए । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । प्रतिस जिसीले आक्रामक ब्याटिङ गर्दै २३ बलमै ४१ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरे । २ चौका र १ छक्का हानेका भीम सार्कीले ४३ बलमा ३९ र बनाए । अबको केहीबेरमा ओमन जवाफी ब्याटिङमा उत्रनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल
मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल
सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान : प्रधानमन्त्री
सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान : प्रधानमन्त्री
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
कांग्रेस नेताहरु ३ बजे किन जाँदैछन् शितलनिवास  ?
कांग्रेस नेताहरु ३ बजे किन जाँदैछन् शितलनिवास ?
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ :  प्रधानमन्त्री
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री
सर्वोच्चको आदेश पालना गरेन नेपाल स्टक एक्सचेन्जले
सर्वोच्चको आदेश पालना गरेन नेपाल स्टक एक्सचेन्जले
धनुषामा राष्ट्रिय परिचयपत्र लिन सास्ती
धनुषामा राष्ट्रिय परिचयपत्र लिन सास्ती
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान (फोटोफिचर)
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान (फोटोफिचर)
न्युजिल्यान्डद्धारा श्रीलंका ४५ रनले पराजित
न्युजिल्यान्डद्धारा श्रीलंका ४५ रनले पराजित

तपाईंले छुटाउनुभयो कि?