प्रदेशमा कसको नेतृत्वको कति कर्मचारी चाहिएला!

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २६, २०७४
|
|
६४ पटक हेरिएको
Shares
प्रदेशमा कसको नेतृत्वको कति कर्मचारी चाहिएला!

सारांश

  • काठमाडौं, २६ माघ- सामान्य प्रशासन मन्त्रालयले बुधबारसम्म ४२ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीलाई प्रदेशमा सचिव सरहको काममा  खटाएको छ ।
  • सरकारले पारित गरेको प्रदेशको अस्थायी संरचनामा ७० जना सचिव रहने उल्लेख छ ।
  • सरकारले अझै ३० जना सहसचिवलाई सचिवको जिम्मेवारी दिई प्रदेश पठाउनु पर्नेछ।

काठमाडौं, २६ माघ- सामान्य प्रशासन मन्त्रालयले बुधबारसम्म ४२ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीलाई प्रदेशमा सचिव सरहको काममा  खटाएको छ ।

सरकारले पारित गरेको प्रदेशको अस्थायी संरचनामा ७० जना सचिव रहने उल्लेख छ । सरकारले अझै ३० जना सहसचिवलाई सचिवको जिम्मेवारी दिई प्रदेश पठाउनु पर्नेछ।

सहसचिवको सो संख्यासहित अन्य कर्मचारी गरी बुधबारसम्म ८ सय ३० कर्मचारी खटाइ सकिएको छ । यसअघि २१ जना सहसचिवलाई खटाइसकेको थियो । बाँकी २१ जना सहसचिवलाई बुधबार खटाइएको हो । उनीहरूलाई बिहीबार सामान्य प्रसाशन मन्त्रालयले रमनापत्र दिने भएको छ । हालै बढुवा भएका सहसचिवलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा राखिएको थियो ।

उनीहरूलाई बिहीबारपछि मन्त्रालयमा हाजिर गरे रातो लगाउने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयमा १ जना सचिवको नेतृत्वमा   ३० जना कर्मचारी रहनेछन्  । प्रदेश मन्त्रिपरिषद्को कार्यालय  २ जना सचिवसहित २९ जना कर्मचारी, प्रदेशसभा सचिवालयमा एकजना सचिवसहित २७ कर्मचारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमामा १ जना सचिवसहित २९,  आर्थिक मामला तथा योजना मन्त्रालयमा  एकजना सचिवसहित २७ जना कर्मचारी, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा  एक जना सचिवसहित ३३ जना कर्मचारी, सामाजिक विकास मन्त्रालयमा  एकजना सचिवसहित ४१ जना कर्मचारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा एक सचिवसहित ३८, भूमि कृषि तथा सहकारी मन्त्रालयमामा एक सचिवसहित ३८ कर्मचारी रहनेछन्।

सात प्रदेशका प्रदेश प्रमुखको कार्यालयमा ७ जना,  मुख्यमन्त्रीको कार्यालयमा ७ जना  सचिवको आवश्यकता छ भने प्रदेशमा रहने सात मन्त्रालयमा ४९ जना सचिवको आवश्यकता छ । प्रदेशसभामा १ सचिवको आवश्यकता छ । यसमा ७० जना सहसचिवलाई सचिवको जिम्मेवारी दिई पठाउने छ। – नागरिक दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेश  आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल
विदेश आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही
एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही
यसकारण ओली सिंगापुर र प्रचण्ड दुबई जाँदै
यसकारण ओली सिंगापुर र प्रचण्ड दुबई जाँदै
टिभी अन्तरवार्ताबाट भाइरल बनेका उपेन्द्र यादव सरकार छोड्दै !
टिभी अन्तरवार्ताबाट भाइरल बनेका उपेन्द्र यादव सरकार छोड्दै !
पुस १४ गते बुधवारको राशिफल यस्तो छ
पुस १४ गते बुधवारको राशिफल यस्तो छ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मन्सुरीले लगाए आरोप : ‘निर्दोषलाई फसाउने प्रहरी-प्रपञ्च’
मन्सुरीले लगाए आरोप : ‘निर्दोषलाई फसाउने प्रहरी-प्रपञ्च’
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस
आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस

तपाईंले छुटाउनुभयो कि?