ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १, २०७५
|
|
५९ पटक हेरिएको
Shares
ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

सारांश

  • पोखरा १ जेठ ।
  •   नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रबर्द्धन एवं इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालीम प्रदान गरिएको छ ।
  • पर्यटक सर्वप्रथम ट्याक्सी चालकसँग सम्पर्कमा जाने भएका कारण उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार लगायतका बिषयमा जानकारी दिने उद्देश्यका साथ् यस क्षेत्रका ७० जना ट्याक्सी चालकलाई तालीम प्रदान गरिएको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले जानकारी दिए।

पोखरा १ जेठ ।  नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रबर्द्धन एवं इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालीम प्रदान गरिएको छ ।

पर्यटक सर्वप्रथम ट्याक्सी चालकसँग सम्पर्कमा जाने भएका कारण उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार लगायतका बिषयमा जानकारी दिने उद्देश्यका साथ् यस क्षेत्रका ७० जना ट्याक्सी चालकलाई तालीम प्रदान गरिएको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले जानकारी दिए।

“पहिलो पर्यटक राजदूतका रुपमा ट्याक्सी चालक हुने भएका कारण उनीहरूलाई पर्यटनका आधारभूत विषयमा जानकारी हुनु आवश्यक छ,” उनले भने, “लेखनाथमा धेरै पर्यटकीय गन्तव्य भएका कारण ट्याक्सी चालकलाई ती स्थल बारेको जानकारी हुनु पनि अपरिहार्य हुन्छ ।”

नेपाल पर्यटन बोर्डले लेखनाथ क्षेत्रको पर्यटन प्रबर्द्धनलाई प्राथमिकतामा राखेको जानकारी दिँदै थपलियाले बेगनास तालमा पर्यटकलाई लक्षित गरी २५ वटा फलामे बेञ्च राखिएको र यहाँका विभिन्न चार स्थानमा सिसीटिभी राख्ने तयारी गरिएको बताए ।

इलाका प्रहरी कार्यालय, डाँडाको नाकका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले यस किसिमको तालीमले ट्याक्सी चालकमा पर्यटकसँग गर्ने व्यवहार, पर्यटकीयस्थल बारेको जानकारी लगायतमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

लेखनाथ होटल व्यवसायी संघका अध्यक्ष कृष्ण तिमल्सिनाले लेखनाथमा पर्याप्त पर्यटकीयस्थल भएर पनि यिनीहरूको प्रचारप्रसार हुन नसकेको बताए ।

सात तालको बगैँचा शहरका रुपमा परिचित लेखनाथमा सात तालका साथै विभिन्न रमणीय पर्यटकीयस्थलहरु छन् । लेखनाथका सात तालसहित माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशृंखला एवं पोखराको एकसाथ अवलोकन गर्न सकिने भरतपोखरीका हुँडिकोट, मल्लकालीन कोटभैरव मन्दिर, बेगनासकोट, अर्घौँ अर्चले, कालिकास्थान, सिलिङ्गेलगायतका धेरै पर्यटकीयस्थल आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?
भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा
भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान
सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य

तपाईंले छुटाउनुभयो कि?