प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २, २०७५
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान

सारांश

  • सुनसरी,  २ साउन।
  •   सुनसरी जिल्ला धरान उपमहानगरपालिका–२० चियाबारीका तपेन्द्र राई बेसार र अदुवा खेती गर्नुहुन्छ ।
  • उहाँले आफ्नै १५ कट्ठा जग्गामा वार्षिकरुपमा अदुवा र बेसार खेती गर्नुहुन्छ ।

सुनसरी,  २ साउन।  सुनसरी जिल्ला धरान उपमहानगरपालिका–२० चियाबारीका तपेन्द्र राई बेसार र अदुवा खेती गर्नुहुन्छ । उहाँले आफ्नै १५ कट्ठा जग्गामा वार्षिकरुपमा अदुवा र बेसार खेती गर्नुहुन्छ । तर उहाँलाई कसरी बेसार र अदुवा खेती गर्ने भने ज्ञानको अभावका कारण विभिन्न समस्या झेल्दै आउनुभएको छ ।

उहाँले ज्ञानको अभावका कारण गरेको बेसार र अदुवा खेतीले आम्दानीसमेत भनेजति गर्न सक्नुभएको छैन । तर सुनसरीको धरानमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अदुवा बेसार जोन एकाइले अदुवा बेसारको खेतीसम्बन्धी तालीम प्रदान गरेपछि अब आफूलाई खेती गर्नका लागि सहज भएको उहाँको भनाइ छ । आफूले विधिवत् र वैज्ञानिक ढंगले अदुवा र बेसारको खेती गर्न नजानेका कारण विभिन्न समस्याको सामना गर्दै आएको बताउनुहुदै अब तालीम प्राप्त गरेपछि त्यहीअनुसारको खेती गर्ने तपेन्द्र राईले बताउनुभयो ।

उहाँजस्तै सुनसरी धरान–२० विष्णुपादुकाका राजेन्द्रप्रसाद तामाङलाई समेत कसरी अदुवा खेती गर्ने, कति जग्गामा कति अदुवाको बीउ दिने, कति मलखाद दिने भन्ने विषयमा ज्ञानको अभाव थियो । तर उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसार जोन एकाइबाट तीनदिने तालीम प्राप्त तथा उत्पादन प्रविधि प्रदर्शन गरेपछि अब अदुवा खेती गर्नका लागि सहजता भएको उहाँको भनाइ छ ।

ज्ञान र सीपको अभावका बीच पनि उहाँले अदुवा खेती गर्दै आउनुभएकोमा अब तालीम प्राप्त गरेपछि खेती गर्नका लागि सहजता ल्याउनुका साथै उत्पादकत्वसमेत बढाउने उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसार जोन एकाइ नभएको बेला आफूहरु जेनतेन हिसाबले अदुवा खेती गर्दै आएकोमा अब अदुवा बेसारजोनले उत्साहित बनाएको बताउनुभयो।

तपेन्द्र र राजेन्द्र त्यस क्षेत्रका उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्तै धरान–२० का अदुवा कृषक भुवेश तामाङको भनाइ पनि उस्तै रहेको छ । उहाँहरुले वार्षिकरुपमा अदुवा लगाउँदै आएको भए पनि अदुवा कुहिने, गानो कुहिनेलगायतका समस्याले सताएको थियो । वार्षिकरुपमा लाखौँको लगानी गरेर अदुवा खेती गर्दै आएको भए पनि अदुवामा वार्षिकरुपमा लाग्ने रोग किराका कारण खेतीमा गरेको लगानी बालुवामा पानी खन्याए जस्तै भएको थियो । तर उहाँले पनि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अदुवा बेसारजोनबाट तालीम प्राप्त गरेपछि रोग र किराको समस्याबाट मुक्त भएको अदुवा कृषक भुवेश तामाङले बताउनुभयो ।

यसरी कृषकलाई अदुवा र बेसार खेतीमा आत्मनिर्भर बनाउनका लागि अदुवा बेसार जोन सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्रका प्रत्यक्षरुपमा जम्मा २१० जना कृषकलाई तालीम प्रदान गरेको कार्यालयले जनाएको छ । यस कार्यालयमा आबद्ध भएका कृषक समूह, कृषि सहकारी र कृषि फर्मका कृषकलाई तालीम प्रदान गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसारजोन एकाइ धरानका प्रमुख निलकमल सिंहले बताउनुभयो ।

त्यसैगरी, परियोजनाले पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न धरानमा अदुवा र बेसारको गोदाम घर निर्माण कार्य अघि बढाएको छ । गोदाम घरले गुणस्तरीय अदुवा र बेसार निर्यातमा वृद्धि गर्ने विश्वास लिइएको छ । धरानस्थित कृषिउपज बजारस्थलमा अदुवा बेसार जोन कार्यान्वयन एकाइ, धरानको सहयोगमा गोदाम घर निर्माण सम्पन्न भएको छ । कूल लागत रु ५० लाख ९९ हजार ९६५ रहेको गोदाम घर निर्माणका लागि कृषिउपज बजारस्थलको रु नौ लाख सात हजार ९६५ स्थानीय लगानी रहेको कृषिउपज बजारस्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।

अहिले बजारबाट धुलाइ, ग्रेडिङ, प्याकेजिङ नगरी सिधै भारतीय बजारमा जाने गरेका छन् जस्ले गर्दा भारतीय नाकामा गुणस्तरीय नभएको भन्दै समस्या भोग्नुपरेको छ । बजारीकरणमा गुणस्तरीयतामा देखिएका समस्या समाधान गर्दै कारोबारमा वृद्धि हुने लक्ष्य लिइएको कृषिउपज बजारस्थलका अध्यक्ष काजी गिरीले बताउनुभयो । कृषकले ग्रेडिङ, प्याकेजिङ गरी बजारमा उत्पादन पुर्याउन निर्माण गरेको गोदाम घरमा स्थानीयलाई रोजगारी प्रदान गरिनेछ भने गुणस्तरीय नेपाली अदुवा, बेसारको अन्तर्राष्ट्रिय बजारीकरणमा वृद्धि हुने विश्वास छ । यो सँगसँगै कार्यालयले कृषकलाई सहजता होस् भने उद्देश्यले कष्टम हायरिङ सेण्टरअन्तर्गत ५० प्रतिशत अनुदानमा १० वटा कृषक समूह(संस्थालाई मिनिटिलर नौ एचपी दिइएको छ भने प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान दिएको छ ।

त्यसैगरी, बेसारमा ३१.५ बिगाह तथा अदुवामा ११।५ बिगाह क्षेत्रफल गरी जम्मा ४३ बिगाहका लागि १० हजार प्रतिहेक्टरको दरले कृषकलाई अनुदान दिइएको कार्यालयले जनाएको छ । यस्तै, बीउबिजन वितरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई बीउ उपलब्धसमेत गराएको छ । कृषकलाई अदुवा बीउ १२.७ मेट्रिक टन तथा बेसारको बीउ १४.९ मेट्रिक टन उपलब्ध गराएको परियोजनाका प्राविधिक सहायक सूर्यनारायण यादवले बताउनुभयो ।

यसरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसारजोन एकाइ धरानले गरिरहेको काम यही गतिमा अगाडि बढ्यो भने पक्कै अदुवा बेसार कृषकका लागि लाभदायी हुनेमा कुनै दुई मत देखिँदैन । त्यसैले परियोजनालाई वास्तविक कृषकसमक्ष पुर्याउनका लागि सबैको साथ र सहयोगको आवश्यकता देखिन्छ ।

(ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग
‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग
चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह
चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह
शाहरुख गौरी बिबाहको २७ औँ बर्षगाँठ तर दिक्क भएर गौरी मुम्बई भागेकी थिइन्
शाहरुख गौरी बिबाहको २७ औँ बर्षगाँठ तर दिक्क भएर गौरी मुम्बई भागेकी थिइन्
उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि
उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुनःनिर्माण कार्यको थालनी
संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुनःनिर्माण कार्यको थालनी
पेरिसमा भेटियो ७२० वटा लिंग भएको अनौठो जीव
पेरिसमा भेटियो ७२० वटा लिंग भएको अनौठो जीव
भाजपा नेताको आपत्तिजनक ट्वीटप्रति युवासंघका नेता झाको कडा जवाफ
भाजपा नेताको आपत्तिजनक ट्वीटप्रति युवासंघका नेता झाको कडा जवाफ
डुबेर मृत्यु तथा बेपत्ता
डुबेर मृत्यु तथा बेपत्ता
कांग्रेस-एमाले गठबन्धन सरकारप्रति भड्किए शेखर, गलत काम विरुद्ध आवाज उठाउन आग्रह
कांग्रेस-एमाले गठबन्धन सरकारप्रति भड्किए शेखर, गलत काम विरुद्ध आवाज उठाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?