उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ३, २०७५
|
|
५१ पटक हेरिएको
Shares
उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य

सारांश

  • काठमाडौँ, ३ पुस ,उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ ।
  • अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक रहेको सुझाव दिएको छ ।
  • सो संस्थाले घर र समाजबाटै त्यस्तो शिक्षाको खाँचो आँैल्याएको हो ।

काठमाडौँ, ३ पुस ,उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ ।

अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक रहेको सुझाव दिएको छ । सो संस्थाले घर र समाजबाटै त्यस्तो शिक्षाको खाँचो आँैल्याएको हो ।

विद्यालय तहमा यौनिक शिक्षालाई थप प्रभावकारी तुल्याउँदै समाजलाई पनि सजग तुल्याउन सचेत हुनुपर्ने उक्त संस्थाका अध्यक्ष ज्योत्सना लुमले बताउनुभयो । “यौनिकता भनेको यौन सम्पर्क मात्र नभएर यौन अवस्थामा ध्यान दिनुपर्ने विविध खाले स्वास्थ्यसम्बन्धी शैक्षिक ज्ञान हो भन्ने कुरा समाजलाई बुझाउन आवश्यक छ,” उहाँले भन्नुभयो । यौनिकता शिक्षाबाट उमेर नपुग्दै हुने बाल विवाहको रोकथाम, महिला हिंसाविरुद्ध सचेतना र असुरक्षित गर्भपतन नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

अध्यक्ष लुमले समाजमा भइरहेको विभिन्न खाले घटनाले यौनिकता शिक्षा विद्यालयको पाठ्यक्रममा मात्र समावेश गरेर नहुने बताउनुभयो । “घरपरिवार र समाजबाटै शिक्षा आरम्भ गर्नुपर्छ,” उहाँले भन्नुभयो । अझै पनि ग्रामीण भेगमा ४० प्रतिशत महिलाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथा उमेर नपुग्दै विवाह नहुने बालिका छ जनामध्ये एक जना शारीरिक हिंसाको शिकार हुने गरेको तथ्याङ्क सो अवसरमा प्रस्तुत गरियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बद्री पौडेलले सुसभ्य समाज निर्माणका लागि महिलालाई सचेत, सकारात्मक, समावेश, स्वावलम्बन, सक्रिय, सशक्त, समान, शिक्षित, स्वतन्त्र र सबल तुल्याउन आवश्यक रहेको धारणा प्रस्तुत गर्नुभयो । यौनिक शिक्षाको अभावमा कार्यक्रममा अपाङ्गता भएका बालबालिका तथा महिलालाई सामान्यभन्दा तीन गुणा बढी सकस ब्यहोर्नु परेको दृष्टान्त सो अवसरमा प्रस्तुत गरियो । उमेर नपुगी विवाह गर्नेमध्ये ३५ प्रतिशत बालिकाले विद्यालय छाड््ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कट्टर मुस्लिम देशमा यसरी बन्दैछ हिन्दु मन्दिर
कट्टर मुस्लिम देशमा यसरी बन्दैछ हिन्दु मन्दिर
कालीमाटी तरकारी बजारका ५७ सटरका सम्झौता खारेज
रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
आजको विनिमयदर : कति पुग्यो अमेरिकी डलरको मूल्य?
आजको विनिमयदर : कति पुग्यो अमेरिकी डलरको मूल्य?
Which usually Dating Site Is the Best? Critical reviews of Major Online Dating Expertise
रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !
रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !

तपाईंले छुटाउनुभयो कि?