ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ८, २०७७
|
|
३६ पटक हेरिएको
Shares
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

राष्ट्रिय ट्रमा सेन्टरले १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरेर राजनीतिक आस्थामा आधारमा सर्टलिष्ट तयार पारेको तथ्य फेला परेको छ । सेन्टरले विज्ञापनमा उल्लेख भएको सर्त उल्लंघन गर्दै संक्षिप्त सूची (सर्टलिष्ट) तयार गरेर अन्वर्तार्ता लिएको खुल्न आएको छ । सेन्टरले २५ जना नर्स (पाँचौ) करार सेवामा नियुक्ति गर्ने उद्देश्यले आह्वान गरेको दरखास्तको सूचनामा १२५१ जनाले आवेदन दिएकोमा विज्ञापन सूचना विपरीत १७७ जनालाई मात्र सर्टलिष्टमा राखेर अन्तर्वार्ता लिएको पाइएको छ ।

कोभिड–१९ महामारीका समयमा राष्ट्रिय ट्रमा सेन्टरले आवेदक १२५१ नर्सको ७ लाख २० हजार रुपैयाँ पैसा उठाएको देखिन्छ । तर ती नर्सलाई अन्तर्वार्ता मात्र बन्चित व्रह्मलुट मच्चाएको छ । सेन्टरले ०७६ फागुन २० मा २१ (एक्कसाइस ) दिनको म्याद दिएर स्टाफ नर्स आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

सूचनामा २५ जना स्टाप नर्स (पाँचौं)का अठार वर्ष पूरा भइ पैतालिस वर्ष उमेर ननाघेको नेपाली नागरिक, मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ प्रमाणपत्र तह वा सो सरह उतीर्ण गरेको कानूनबमोजिक स्थापना भएको स्वास्थ्य सम्बन्धी व्यावसायिक परिषद्मा नाम दर्ता र नवीकरण भएकोलगायतका योग्यताका आधारहरु तोकिएको थियो । छनौटको तरिका लिखित वा मौखिक वा दुवै हुने भनेर सूचनामा स्पष्ट रुपमा उल्लेख गरिएको छ । तर सेन्टरले मन्त्रालयबाट निर्णय गराएर राजनीतिक चलखेल र भनसुनका आधारमा सर्टलिष्ट तयार पारेको सेन्टरकै कर्मचारीहरुको आरोप छ ।

असार १९ गते सेन्टरले जारी गरेको सूचनामा दरखास्त फारम भर्ने स्टाफ नर्सहरुको उम्मेदवारमध्ये नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७ जेठ ३२ को निर्णयानुसार सर्टलिष्ट – प्राप्ताङ्क, कार्यअनुभव , शैक्षिक योग्यताको आधार) मा नाम समावेश भएका उम्मेदवारहरुलाई अन्तर्वार्तामा उपस्थित हुने जानकारी गराएको छ । सेन्टरले विज्ञापन सूचना विपरीत उक्त सूचना जारी गरेपछि अहिले विरोध सुरु भएको छ ।

सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले १२५१ नर्सले आवेदन दिएको बताए । लिखित र मौखिक दुवै परिक्षा लिने भन्दै दर्खास्त माग गरेको राष्ट्रिय ट्रमा सेन्टरले कोभिड–१९को बाहनामा लिखित परिक्षा नलिई मौखिकका लागि सर्टलिष्ट जारी गरेको विषयमा भने पौडेलले प्रस्ट पार्न चाहेनन् ।

सेन्टरले लिखिन परिक्षाका लागि भन्दै १२५१ जनाबाट प्रति व्यक्ति ६ सयको दरले शुल्क उठाएको थियो । तर, राजनीतिक आस्थाका आधारमा १७७ जनालाई मात्रै अन्तर्वातामा बोलाए पछि बिवाद सुुरु भएको छ । १०७४ जना नर्सले भने ६ सय तिरेर लिखित वा अन्तवार्ता समेत दिन पाएनन् । सिभिल अस्पतालमा कार्यारत नर्स एक नर्सले ६ सय रुपैयाँ लिएर लिखित वा अन्तवार्ता कुनैमा पनि नबोलाएको बताईन । सेन्टरले प्रक्रियामा सामेल नै नगराई आफू जस्तै १०७४ जनाबाट उठेको ६ लाख ४४ हजार ४०० रुपैयाँ ब्रम्हलुट गरेको ती पीडित नर्सको आरोप छ ।

उनले आफू जस्तै सेन्टरबाट ठगिएको अन्य नर्सहरुसँग पनि सम्पर्क गरिरहेको बताउँदै यसविरुद्धमा अख्तियारको उजुरी दिनका लागि छलफल गरिरहेको जानकारी दिइन् । पीडित नर्सहरुले नैतिकता बाँकी भए निर्देशकले कुनै पनि प्रक्रियामा सहभागी हुन नपाएका नर्सहरुको सबै रकम फिर्ता गर्नुपर्ने माग राखेका छन् । सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेल भने कोभिडले गर्दा परिक्षा लिन नपाएको दाबी गर्छन् । उनले १७७ जनाको अन्तर्वार्ता लिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिणी धादिङको बेनीघाट रोराङमा बालकको हत्या
दक्षिणी धादिङको बेनीघाट रोराङमा बालकको हत्या
काभा महिला भलिबल : कीर्गिस्तानले माल्दिभ्सलाई हरायो
काभा महिला भलिबल : कीर्गिस्तानले माल्दिभ्सलाई हरायो
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
८८ केजी सुन प्रकरण: यसरी फरार भएका रहेछन् चिनियाँ मालिक
८८ केजी सुन प्रकरण: यसरी फरार भएका रहेछन् चिनियाँ मालिक
मेलम्ची खानेपानीको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी
मेलम्ची खानेपानीको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी
स्वीमिङ पुलमा युवकको मृत्यु
स्वीमिङ पुलमा युवकको मृत्यु
फ्रान्समा छात्रालाई विद्यालयभित्र बुर्काजस्तै देखिने पोसाक अबाया लगाउन प्रतिबन्ध
फ्रान्समा छात्रालाई विद्यालयभित्र बुर्काजस्तै देखिने पोसाक अबाया लगाउन प्रतिबन्ध
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार
एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत
एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत