भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १२, २०७५
|
|
५८ पटक हेरिएको
Shares
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

सारांश

  • नयाँ दिल्ली, ११ चैत  भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गर्नुभएको छ ।
  • न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उहाँले बताउनुभयो ।
  • सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिनुभयो ।

नयाँ दिल्ली, ११ चैत  भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गर्नुभएको छ ।

न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उहाँले बताउनुभयो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिनुभयो ।

गरिबीमा रहेकाहरुलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने अध्यक्ष गान्धीले बताउनुभयो ।

“गत पाँच बर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए, विषेशगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौँ,” उहाँले भन्नुभयो ।

अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी पनि गर्नुभयो ।

“अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम आयका लागि काँग्रेसले सुनिश्चत गर्दछ, बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौँ,” उहाँले भन्नुभयो ।

अहिले घोषणा गरेको योजनाका बारेमा अध्यक्ष गान्धीले झण्डै एक महिना अगाडि आयोजित एक चुनावी सभामा पनि चर्चा गर्नुभएको थियो ।

यस योजनाबाट झण्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने काँग्रेस नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार
राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
आकाशबाट १० किलोको ढुंगा खसेपछि मन्त्रीदेखि सर्वसाधारणको भिड
आकाशबाट १० किलोको ढुंगा खसेपछि मन्त्रीदेखि सर्वसाधारणको भिड
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु, १७ घाइते
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ
डीपीएल अक्सन : पाँच खेलाडीलाई सर्वाधिक बोली
डीपीएल अक्सन : पाँच खेलाडीलाई सर्वाधिक बोली
काँग्रेस जत्तिको अर्को पार्टी दक्षिण एशियामै छैन्
काँग्रेस जत्तिको अर्को पार्टी दक्षिण एशियामै छैन्
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री

तपाईंले छुटाउनुभयो कि?