संसदको गतिरोध हट्यो, सरकारप्रति कांग्रेस आक्रामक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २८, २०७६
|
|
५१ पटक हेरिएको
Shares
संसदको गतिरोध हट्यो, सरकारप्रति कांग्रेस आक्रामक

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ।
  • प्रतिनिधिसभाको मंगबारको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्रलाई कमजोर पार्ने गरी सवैधानिक अंगहरुबाट काम भए कांग्रेस चुप लागेन नबस्ने चेतावनी दिएकी हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ। प्रतिनिधिसभाको मंगबारको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्रलाई कमजोर पार्ने गरी सवैधानिक अंगहरुबाट काम भए कांग्रेस चुप लागेन नबस्ने चेतावनी दिएकी हुन्।

‘लोकतन्त्रलाई कमजोर गराउने गरी यदि कसैले काम कारवाही गर्छ भने प्रमुख प्रतिपक्षी दल चुप लागेर बस्दैन। यही संसदबाट विरोधका गतिविधिलाई गरेर सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछ,’ उनले भनिन्, ‘कुनैपनि संवैधानिक अंगहरुले सरकारको प्रभावमा परेर कुनै पनि गलत काम गर्नुहुदैन। सरकारको छायाँ बन्नु हुँदैन। यदि त्यो भयो भने लोकतान्त्रिक अभ्यास फेरि कमजोर हुदै जान्छ र त्यहा जनताको अधिकार सुनिश्चित हुँदैन।’

संविधान अनुसार गठन भएको संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक पूर्वाग्रहमा परेर माघ २२ गते नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि भेदभावपूर्ण ढंगबाट विशेष अदालतमा आरोप पत्र दायर गरेको र सो को पुष्टि सरकार आफैंले गरेको दाबी उनले गरिन्।

‘आयोगले अधिकार क्षेत्र भन्दा बाहिर गएर नेपाल सरकारबाट प्रभावित भएर पूर्वाग्रहपूर्ण ढंगले, राजनीतिक पूर्वाग्रह साँधेर मुद्धा दायर गरेको कुरा आरोप पत्रको व्यवहोरा पढ्दा स्पष्ट भएको थियो,’ उनले भनिन्, ‘अख्तियारले राजनीतिक पूर्वाग्रहमा परेर सरकारको छायाँमा परी आरोप पत्र दायर गरेको कुराको पुष्टी स्वयं नेपाल सरकारले गर्यो। सरकारको प्रवक्ता तथा सूचनामन्त्रीले भन्नुभयो। यो सरकारको ठूलो उपलब्धि हो भनेर। सरकारले अख्तियारको काम माथि फेरि धावा बोल्यो। यदि सरकारको उपलब्धि हो भने संविधानमा यस्ता संंबैधानिक अंगको परिकल्पना किन  गरियो?’

अख्तियारले प्रतिशोधमा परेर मुद्धा दायर गरेको सर्वसाधरणले पनि थाहा पाएको भन्दै उनले अख्तियारको कामलाई आफ्नो उपलब्धि भनेर भन्ने सरकारसँग जवाफ माग गरिन्।
सरकारले यस्तो अभिव्यक्ति किन दिएको हो भन्ने कुरा पनि सदनले जानकारी माग्छ चाहन्छ,’ उनले भनि, ‘संवैधानिक अंगले प्रतिशोध साँधेर सरकारको प्रभावमा आएर यति त्यस्ता निर्णयहरु गर्छन् भने हामी प्रतिपक्षी दलहरु त्यस्ता कामलाई नजिकबाट नियालेर बसेको छ।’

उनले संविधानवाद्, लोकतान्त्रिक मुल्य मान्यता विपरित राजनैतिक प्रतिशोधको आधार कसैलाई बैचारिक द्धन्द्धको आधारमा, कसैलाई जग्गा फिर्ता गरेको नाममा मुद्धामा नचलाउने अख्तियारको कार्यशैली माथि प्रतिपक्षी दलको गम्भीर आपत्ति र गम्भीर विरोध भएकाले संसदलाई अवरोध गरेको स्मरण गराउदै संसद अवरुद्धको कार्य स्थगित गरिएको जानकारी गराएकी थिइन्।
यसअघि नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्ना भनाइ राख्दै प्रातिनिधिसभाको बैठक सुचारु हुन दिने निर्णय गरेको थियो। यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिको सोमबार बसेको बैठकले राजनीतिक र कानूनी लडाई एकसाथ लड्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह
आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह
सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द
सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द
प्रहरीको गोली लागेर राप्रपा उम्मेदवारको मृत्यु !
प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन
प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
Will Latino Mail Order Star of the wedding Fill Your daily life With Completely happy Marriage?
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
करिस्माको काखमा सुत्दा माग्नेबुढा भए पसिना पसिना (भिडियाे सहित)
१ करोड पुरस्कार सहितको ‘रियालिटी शो’ मौका
१ करोड पुरस्कार सहितको ‘रियालिटी शो’ मौका
एक वर्षमा कहाँ हराए मध्यपश्चिममा साढे ७ सय महिला ?
एक वर्षमा कहाँ हराए मध्यपश्चिममा साढे ७ सय महिला ?

तपाईंले छुटाउनुभयो कि?