प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु काठमाडाैं।

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
६५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु काठमाडाैं।

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ।
  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शल्यक्रिया कक्षमा लगिएको छ।
  • मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शल्यक्रिया कक्षमा लगिएको छ। मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ। अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेकाे हाे। मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो। प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गाैला दान गर्नेछिन्। यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
सुगौली सन्धि अघि नै कालापानी नेपाली भूभाग स्वीकारिएको गोप्य दस्तावेज फेला
सुगौली सन्धि अघि नै कालापानी नेपाली भूभाग स्वीकारिएको गोप्य दस्तावेज फेला
नेपालकाे २०० रन पुरा, सन्दिप अर्धसतक बनाएर अाउट !
नेपालकाे २०० रन पुरा, सन्दिप अर्धसतक बनाएर अाउट !
गरिमा धान लगाएका किसानलाई क्षतिपूर्ति
गरिमा धान लगाएका किसानलाई क्षतिपूर्ति
आजकाे राशिफल
आजकाे राशिफल
7 NATURAL BEAUTY TIPS FROM THE MAKEUP ARTISTS IN CALGARY
7 NATURAL BEAUTY TIPS FROM THE MAKEUP ARTISTS IN CALGARY
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
खोटाङमा एमालेको प्रारम्भमै ८ सयको अग्रता
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!
सरकारले यसरी तह लगायो यातायात व्यवसायीलाई, सिन्डिकेटको अन्त्य
सरकारले यसरी तह लगायो यातायात व्यवसायीलाई, सिन्डिकेटको अन्त्य

तपाईंले छुटाउनुभयो कि?