सरकारले यसरी तह लगायो यातायात व्यवसायीलाई, सिन्डिकेटको अन्त्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सरकारले यसरी तह लगायो यातायात व्यवसायीलाई, सिन्डिकेटको अन्त्य

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, २४ वैशाख- सरकारले शुरु गरेको सिन्डिकेटको विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी अन्ततः आन्दोलन फिर्ता लिन वाध्य भएका छन् ।

सरकारको विरोधमा उत्रेका यातायात व्यवसायी नेतालाई सरकारले पक्राउ गरेपछि उनीहरु मौलाउँदै गएको सिन्डिकेट अन्त्यका लागि पहल गर्न सहमत भएका हुन् । सरकारले गरेको कामलाई सघाउन सहमत भएपछि उनीहरुले आन्दोलन फिर्ता गर्दै थुनामुक्त भएका छन् ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल संयोजक समितिका सहसंयोजक अर्जुन रानाभाटले एक विज्ञप्ति मार्फत आफूहरु सिन्डिकेट अन्त्यका लागि जुट्ने बताएका छन् ।

सरकारसँग छलफल गरी सबै समस्या समाधान गर्ने आन्दोलन फिर्ता लिने र सवारी साधनहरु सञ्चालन गर्ने बताएका छन् । व्यवसायीले भनेका छन, सिन्डिकेट अन्त्यका लागि सशक्त पहल गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने हेतुले सरकारले शुरु गरेको सिन्डिकेट अन्त्यको हार्दिक स्वागत गर्दै सबै क्षेत्रमा अस्वस्थ ढंगले मौलाउँदै गएको सिण्डिकेट अन्त्यको लागि पहलको माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?