‘नेपालमा कोरोना भाइरसको संक्रमित छैनन्, स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था छैन’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
६१ पटक हेरिएको
Shares
‘नेपालमा कोरोना भाइरसको संक्रमित छैनन्, स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था छैन’

सारांश

  • काठमाडौं, २३ फागुन ।
  • स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.
  • महेन्द्र प्रसाद श्रेष्ठ कोरोना भाइरसको संक्रमण देशभित्र प्रवेश गर्न नदिन सबै स्वास्थ्य सुरक्षा अबलम्बन गरिएको बताउँछन् ।

काठमाडौं, २३ फागुन । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठ कोरोना भाइरसको संक्रमण देशभित्र प्रवेश गर्न नदिन सबै स्वास्थ्य सुरक्षा अबलम्बन गरिएको बताउँछन् । यसकारण कसैलाई नआत्तिन आग्रह गर्छन् । उनीसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीःअहिलेसम्म कतिजनालाई कोरोना संक्रमण भएको छ ?
अहिले संसारभरि कोरोना पैmलिइराखेको छ । त्यो संक्रमण नेपालमा नआओस् भनेर नेपाल सरकारले सचेतनाका केही कदमहरु चालेको छ । ठूला–ठूलाको आयोजना नगर्ने, अन्तर्रा्ष्ट्रिय भ्रमण वा आवजत–जावतलाई रोक्ने जस्ता कुरामा अलि सचेतना बढाउने भन्ने कुराहरु भइराखेको छ । धेरै देशमा यसको प्रकोप बढेको पाइएको छ । नेपालमा पनि केहीलाई परीक्षण गरेका छौं । अहिलेसम्म कसैलाई पनि त्यस्तो रोग लागेको फेला पारेका छैनौं ।
हिजो टेकुबाट भागेर विराटनगर पुगेको विरामीलाई तपाईंहरुले जाँचबुझ गर्नुभएको छ ?
यस्ता मान्छेहरुको हामीले जाँचबुझ र छानविन गरेका छौं । त्यो मान्छेलाई कोरोना लागेको भन्दा पनि ऊ कोरियाबाट आएको हो । कोरियामै उसलाई फोयियामै भएको हो । त्यहाँ रोग देखेर आत्तिएर उसले त्यहाँ आफ्ना सबै कपडाहरु डडाएर फालेर आएको हो । नेपालमा आइसकेपछि ऊ अस्पतालमा बसेको हो उसलाई कुनै पनि चिन्ह र लक्षण छैन ।
किन भागेको त्यो विरामी ?
ऊ आत्तिएर भागेको हो । रोगी र रोग देखेर आत्तिएर कता जाऊ के गरौं भन्ने त्यसै भएर ऊ भागेको हो । उसलाई अस्पतालमा राख्नुपर्ने कुनै लक्ष ज्वरो, खोकी, रुघा केही पनि थिएन ।
त्यसोभए अहिलेसम्म कुनै नेपालीलाई पनि कोरोना संक्रमण भएको छैन ?
अहिलेसम्म नेपालमा कुनै नेपालीमा पनि त्यस्तो खालको संक्रमण फेला पारेका छैनौं । ८(१० जना शंकास्पद मानिसहरुलाई एयरपोर्टबाट अस्पतालमा परीक्षण गरिरहेका छौं । तिनीहरुमा त्यस्तो संक्रमण पाइएको छैन । कोरोनाको लक्षणहरु कुनैमा देखिएको छैन नेपालमा ।
विरामीहरु त धेरै देखिन थाले ?
यो मौसम परिवर्तनको बेला सामान्य रुघा, खोकी लाग्छ । तर, कोरोना चाहीं अहिलेसम्म पत्ता लागेको छैन ।
कोरोना चाहीं कसैलाई पनि भेटिएको छैन हो ?
कोरोना भाइरस चाहीं पटक्कै भेटिएको छैन ।
तपाईंहरुले लुकाउनुभएको त होइन नि ?
हामीले लुकाउनुपर्ने कारण नै छैन । यो लुकाउनै हुँदैन । लुकाउनसाथ झन् यसको प्रभाव नराम्रो पर्छ । त्यसैले यो लुकाउने कुरा होइन । यसको बारेमा सत्य, तथ्य कुराहरु मात्रै राख्ने । सचेतना अपनाउने नाममा मानिसमा भयत्रास पनि नपैmलियोस् । भनेर हामीले एकदमै सत्य, तथ्य समाचार बाहिर ल्याएका छौं । यसको बारेमा विभिन्न सञ्चार माध्यममार्पmत यसबारे जनतालाई सुसूचित गराइराखेका छौं ।
भारत र चाइनासँग जोडिएको जिल्लाहरुमा सरकारले उच्च सतर्ककता अपनाउने भनेको हल्ला मात्रै हो काम पनि भएको छ ?
उच्च सतर्कता अपनाउने । अपनाउनलाई काम पनि गर्ने । त्यसका लागि आवश्यक मान्छेहरु खटाउने, त्यहाँ परीक्षणहरु हुनुप¥यो । यहाँभित्र कोही छि¥यो कि त्यसको खोज पडताल हुनुपर्छ । यस्तो रोग छ भन्ने सानोतिनो जानकारी मात्रै पाइयो भने पनि त्यसले तुरुन्त पत्तलगाउन र नियन्त्रण गर्न सकिन्छ । एउटालाई लागि हाल्यो भने पनि धेरैलाई सर्दैन । विरामी हुनेबित्तिकै रोगको पत्ता लाग्यो भने त्यसको उपचार गर्न सकिन्छ । त्यसको लागि हामीले सबै संयन्त्रहरु प्रयोग गरिराखेका छौं ।
तपाईंहरुको संयन्त्रहरुले काम गरेको छ ?
एकदमै राम्रो काम गरेको मान्नुपर्छ । काम नगरेको भए रोग धेरै पैmलिइसक्थ्यो । एक चोटी त नेपालमा पनि रोग आएको हो । त्यसलाई हामीले तुरुन्तै आइसुलेसन गरेर नियन्त्रणमा राख्यौं । त्यसकारण सतर्ककता अपनाउनुपर्ने बेला भएको छ ।
भारतले त औषधिको आयातमा पनि रोक लगायो नि ?
उसले २६ वटा औषधिमा हामी आयात गर्छौ भनेको छ । त्यसपछि भारतका लागि हाम्रो नेपाली राजदूतावासको अनुरोध पनि नेपालको समस्याको लागि हामी छुट गरिदिने भनेको छ । नेपालका औषधि उद्योगहरुले पनि नेपालका लागि ३÷४ महिनालाई पुग्ने औषधिहरु हामीसँग छ भनेको छ । भारतले तपाईंहरुका लागि हामी केही छुट गर्छौं भनेकाले त्यो अनुरोध हामी पठाउँदैछौैं ।
त्यसोभए नेपालका भारतले औषधि पठाउँछ ?
नेपालको लागि हामी खुकुल हुन्छौं भनेर दिल्लीमा राजदूतलाई जानकारी गराउनुभएको छ ।
यसोभए राजदूतले पहल गर्नुभएको छ हो ?
नेपालमा औषधिको समस्या हुँदैन । हुनुहुँदैन भनेर हामी दत्तचित्त भएर लागिरहेको अवस्था छ ।
भारतले तपाईंहरुले भनेअनुसार औषधि दिन्छ कि दिँदैन ?
यसलाई आवश्यक ६ प्रकारका औषधिहरु हुन् । त्यो उहाँहरुले उपलब्ध गराउन सक्दैनौं भन्ने कुरा थियो । हामीले अनुरोध गरेपछि हुन्छ भन्ने कुरा आएको छ ।
औषधि दिनेमा सकारात्मक सन्देश आएको छ ?
आएको छ ।
अहिले कोरोनोको प्रभावले अर्थतन्त्र एकदमै ओरालो लागेको यसलाई तपाईंहरुले कसरी समीक्षा गर्नूभएको ?
कोभित १९ को नियमनको लागि जसरी उच्च स्तरीय संयन्त्र बनेको छ । त्यसमा उप्रधानमन्त्री र अर्थमन्त्री पनि त्यो समितिमा ह्ुनुहुन्छ । यसले अहिले संसारभरिको अर्थतन्त्रमा ठूलो असर पारेको छ । यसले संसारको आर्थिक बृद्धिदरमा २ प्रतिशतसम्म असर पार्न सक्ने आँकलन गरिएको छ । खर्बौ–अर्ब डलरको क्षति भएको छ । त्यसैले यसले अर्थतन्त्रमा ठूलो असर पारेको छ । त्यसबाट बँचाउनका लागि प्रयास गर्नुपर्छ । नेपालमा यो रोग देखियो र २०(३० वटा विरामी मात्रै यहाँ आए भने पनि असाध्यै नराम्रो प्रभाव पर्छ । किन भने भूपरि ब्रेष्ठित देश भएकाले धेरै कुरामा परनिर्भर छौं । उत्पादनहरु हामीलाई पुग्ने छैन । त्यस हुनाले धेरै प्रभाव पर्छ त्यसैले नियन्त्रणका सबै उपयहरु अवलम्बन गरिरहेका छौं ।
दर्जनौं आयोजना प्रभावित छ, होली नमनाउने भन्नुभयो किन ?
त्यस्ता ठूला–ठूला आयोजनाहरु जहाँ विदेशी विशेषज्ञ कामदारहरु हुनुहुन्छ । बाहिरबाट आउनुहुन्छ भने उहाँहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि केही छैन भन्ने भएपछि मात्रै काममा जानुहोस् भनिन्छ । त्यसको लागि सरकारले अभैm अध्ययनहरु गर्दैछ । जहासम्म होलीको कुरा गर्नुभएको छ । होलीमा धेरै अबिर, पानी खेल्ने गरिन्छ । त्यसरी रंग, पानी, छ्यापाछ्याप गर्दा रुघा, खोकीको प्रकोप बढ्न सक्छ । त्यसैले त्यसलाई घटाउने भनेको हो । यस्ता कुरा हरेक वर्ष अनुभव गरेको कुरा हो । अहिले फेरि सिजन पनि ठीक छैन । त्यसमाथि कोरोनाको पनि प्रकोप भइरहेकाले उछृंखल तरिकाले होली नखेलौ भनेर नेपाल सरकारले आह्वान गरेको छ ।
त्यसोभए तपाईंं होली चोक, गल्ली, सडकमा नखेल्नका लागि आग्रह गर्नुभएको छ ?
हो, त्यसरी भीडभाडमा, सार्वजनिक ठाउँमा र सडक, गल्लीमा नखेल्नको लागि आग्रह गरेका छौं ।
आ–आफ्नो घरपरिवारभित्र पाउँछन् ?
घरभित्र पनि सामान्य तरिकाले बस्ने, खाने, रमाइलो गर्ने गर्न पाए । तर, जथाभावी रङ, पानी छ्याप्न पाएनन् । सार्वजनिक स्थालमा होलाहल्ला गर्ने पानी, रंंग फाल्ने कामले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले त्यसलाई रोक लगाइएको हो । यसबाट कोरोना लाग्ने होइन कि रुघा, खोकी लाग्ने ज्वरो आउने भएकाले कोरोनाको आशंका हुने भएकाले त्यसलाई रोक लगाइएको हो ।
स्कुल, कलेज बन्द हुन्छ कि के गर्छ ?
स्कुल, कलेजहरु बन्द हुँदैन । त्यसो गर्नुपर्ने अवस्था अहिले छैन । किन छैन भने अहिलेसम्म आन्तरिक विरामीहरु देखिएका छैनन् । जुन स्कुल, कलेजमा पढ्ने विद्यार्थीहरु हुन् उनीहरु कुनै ठाउँमा घुम्न गएको अवस्था पनि छैन । कुनै बेला त्यस्तो अवस्था भनौला तर अहिले नै बिन्द गर्नुपर्ने अवस्था छैन ।
माक्सको कालोबजारी गर्नेलाई तपाईंहरुले कारबाही गर्न सक्नुभएन नि ?
माक्सको कालोबजारी गर्नेहरुको बजार अनुगमन भइराखेको छ । त्यस्तो गर्नेहरु पक्राउ खानुहुन्छ । उत्पादनमा के कस्तो समस्या त्यसलाई पनि सहजीकरण गर्न्तिर लाग्छौं ।
जताततै अभाव माक्सको ?
तपाईंले भनेको ठिकै हो । अहिले अभाव पनि छ । तर सबै जनतालाई माक्सको आवश्यकता पनि छैन । जो मान्छे बिरामीको सम्पर्कमा छ, उसलाई मात्रै माक्स चाहिने हो । रुघा, खोकी लागेको मान्छे माक्स लगाउनुपर्छ, स्वास्थ्यकर्मीहरु माक्स लगाउनुपर्छ । तर, आमजनताले माक्स लगाउनुपर्ने जरुरी छैन । माक्सका फाइदा बेफाइदा छन् । त्यत्तिकै माक्स लगाएर हिड्दा त्यसमा धूलोहरु, किटाणुहरु जमेर बसेको हुन्छ । दिनभरि लगाएर बेलुका बिर्सजन गरिएन भने त्यसबाट छुट्टै प्रभाव पर्छ । माक्सको सहज आपूर्तिको लागि सरकारले आवश्यक पहलहरु ग्रिराखेको छ ।
माक्सको अभाव हुँदैन ?
हुँदैन, त्यो अभाव रोक्नलाई उपायहरु अपनाइसकेका छौं । अब माक्स जति पनि आउछ ।
अब ठूला–ठूला खेलहरु नहुने हो ?
खेलकुद पनि धेरै देशहरुले स्थिगित गरेका छन् । त्यहाँ राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय मान्छे आउने, भेलाहुने भएकाले त्यसलाई स्थगित गरेको होला । जस्तो एउटा कोरियाको अनुभव छ, त्यहाँ एउटा चर्चमा ९ हजार हाराहारी मान्छे हुनुहुँदो रहेछ । त्यहीं चर्चबाट रोग पैmलियो । त्यसैले एउटा मान्छे विदेशबाट प्रभावित भएको आएको छ उसले भीडभाडमा गएर धेरै रोग सारिदियो भने सबै प्रभावित हुन्छन् भनेर सचेतनाका लागि भिडभाडमा रोग लगाइएको हो । बाहिर भएका मान्छेहरु विभिन्न माध्यमबाट आएका हुन्छ । एयरपोर्ट भएर आएकालाई चेकजाँच गरेका छौं । कतिपय अन्य माध्यमबाट पनि आएका हुन्छन् । एक जना रोग लागेको मान्छे आएर भिडभाडमा गएर रोग सारिदियो भने कोरियाको जस्तो भयाभव स्थिति आउँछ भनेर रोक लगाइएको हो । त्यसलाई रोग नियन्त्रण हुनासथ सुचारु बनाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना
प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना
जलविद्युत् कम्पनी एकापसमा गाभिँदै
जलविद्युत् कम्पनी एकापसमा गाभिँदै
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा
चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो
चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो
आफु खुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
आफु खुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
माधव नेपाल छोडेका नेता सहित एमाले स्थायी कमिटी बैठक सुरु
माधव नेपाल छोडेका नेता सहित एमाले स्थायी कमिटी बैठक सुरु
जोखिम छ तर, नागढुंगा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !
जोखिम छ तर, नागढुंगा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !
टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे

तपाईंले छुटाउनुभयो कि?