कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन २४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?

सारांश

  • बीबीसी ।
  • गत वर्षको डिसेम्बरमहिनादेखि चीनको वुहानबाट सुरु भएको भनिएको कोभिड-१९ वा कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी त्रास र अन्योल सिर्जना गराइसकेको छ।
  • हालसम्म चीनमा असी हजार सहित विश्वभर झण्डै एक लाख मानिस उक्त नयाँ रोगबाट सङ्क्रमित भइसकेका छन्।

बीबीसी । गत वर्षको डिसेम्बरमहिनादेखि चीनको वुहानबाट सुरु भएको भनिएको कोभिड-१९ वा कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी त्रास र अन्योल सिर्जना गराइसकेको छ।

हालसम्म चीनमा असी हजार सहित विश्वभर झण्डै एक लाख मानिस उक्त नयाँ रोगबाट सङ्क्रमित भइसकेका छन्। ती मध्ये आधाजसोलाई निको भइसकेका विवरण आएका छन्। पछिल्लो विवरण अनुसार तीन हजार तीन सय जनाको भने ज्यान गइसकेको छ।

दक्षिण एसियामा कहाँ कति ?

नेपाल अवस्थित दक्षिण एसियाली क्षेत्रमा पनि कोरोनाभाइरसको सङ्क्रमण ठाउँठाउँमा देखा परिसकेको छ। नेपालमा सुरुवाती चरणमै चीनबाट फर्किएका एकजना नेपाली नागरिकमा उक्त सङ्क्रमण पुष्टि भएको थियो। ती व्यक्ति निको भइसकेका छन्।

त्यसयता कैयौँमा परीक्षण गरिएपनि हालसम्म अन्यमा कोरोनाभाइरस सङ्क्रमण फेला नपरेको नेपाली स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्। तर नेपालसँग खुला सिमाना भएको दक्षिणी छिमेकी भारतमा केही दिनयता कोरोनाभाइरसका थुप्रै सङ्क्रमणका घटना बाहिर आएका छन्।

त्यहाँ हालसम्म ३० जनामा सङ्क्रमण भेटिएको छ जसमध्ये ३ जनालाई निको भइसकेको र बाँकीको उपचार भइरहेका विवरण आएका छन्।श्रीलङ्कामा पनि एकजना सङ्क्रमित भेटिएको र ती निको भइसकेको विवरण आएका छन्।

पाकिस्तानमा पाँचजना सङ्क्रमित भएका विवरण आएका छन्। अफगानिस्तानका एकजना भेटिएको छ।भुटानमा पनि एकजना सङ्क्रमित भएको भेटिएको विवरण आएका छन्। त्यहाँ भारत हुँदै आइपुगेका एकजना अमेरिकी पर्यटकमा उक्त सङ्क्रमण भेटिएको जनाइएको छ।

बाङ्लादेश र माल्दिभ्समा कोरोनाभाइरस सङ्क्रमण भेटिएका विवरण आएका छैनन्। दक्षिण एसियाली मुलुकमा हालसम्म कोरोनाभाइरसका कारण कसैको ज्यान गएको खबर आएको छैन।

नेपाली श्रमिक भएका ठाउँमा कति ?

नेपाली श्रमिकहरू धेरै जाने गरेका विभिन्न देशमा पनि कोरोनाभाइरसको सङ्क्रमण पाइएका छन्। दक्षिण कोरियामा ६ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने जापानमा साढे तीन सय सङ्क्रमित छन्।

मलेशियामा ५० जना जतिलाई सङ्क्रमण देखिएको विवरण छन्। खाडी देशहरूमध्ये कुवेतमा ५८, युएइमा २९, कतारमा ८ र साउदी अरेबियामा ५ जनामा सङ्क्रमण भेटिएको बताइएको छ।

अमेरिकामा दुई सयभन्दा धेरैलाई सङ्क्रमण भएको र त्यहाँ १२ जनाको ज्यान गएको पछिल्लो विवरण आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमल आवद्ध टिम टीसीको भिक्टोरी स्पोर्ट्समाथि फराकिलो जित
विमल आवद्ध टिम टीसीको भिक्टोरी स्पोर्ट्समाथि फराकिलो जित
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
यस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
यस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
फुटबल विकासमा नेपाल र कतारबीच सहकार्य हुने !
फुटबल विकासमा नेपाल र कतारबीच सहकार्य हुने !
आइसीसी वरियता : दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र
आइसीसी वरियता : दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
मानवअधिकारको संरक्षणले मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
मानवअधिकारको संरक्षणले मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
मोटरसाइकल चोर्नमा संलग्न ५ जना पक्राउ
मोटरसाइकल चोर्नमा संलग्न ५ जना पक्राउ
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा

तपाईंले छुटाउनुभयो कि?