पैसाबाट कोरोना सर्ने सम्भावना बढी

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २, २०७६
|
|
५२ पटक हेरिएको
Shares
पैसाबाट कोरोना सर्ने सम्भावना बढी

सारांश

  • काठमाडौँ।
  • पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो।
  • पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।

काठमाडौँ। पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।
यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार पैसामा पनि ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ। चिकित्सकहरूले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन्।
पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु जस्तै– भाइरस, ब्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैङ्कबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए । अध्ययन अनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ।
विभिन्न किसिमका प्राणघातक सरुवा रोगको ब्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ। अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेसनल’ले प्रमाणित गरिसकेको छ। हेपाटाइटिस सीको स्रोतका रूपमा कोकेनलाई लिइन्छ । यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ । मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रममा पाइएको थियो।
कोरोना भाइरसले विश्वव्यापी रूपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ।
पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन्?
विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाको फैलावट हुने इन्जिनियर राम बाडे बताउनुहुन्छ । पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी ब्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ । उनले भने, “दैनिक रूपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै हो।”
“जति बढी पैसाको प्रयोग आउँछ, उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ,” उहाँले भन्नुभयो । दैनिक रूपमा प्रयोगमा आएका पैसामा मानिसको थुक, दिसापिसाब, खोकी तथा हाच्छ्यूँ आदिबाट समेत दूषित हुन्छ । नेपाली पैसाको प्रदूषण स्तर जाँच गर्दा प्रस्टै देखिने उनको भनाइ छ।

कसरी कीटाणुनाशक बनाउने ?
पैसामा भएको ब्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उनको भनाइ छ। ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट सहज रूपमा कीटाणुनाशक बनाउन सकिन्छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथड’बाट पैसालाई कीटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएको उनी बताउँछन्।
अमेरिका, कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत कतिपय मुलुकका बैङ्क तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक ब्याक्टेरिया तथा भाइरसको कीटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन् ।
नेपाली पैसामा के कस्ता प्राणघातक रोगको सूक्ष्म जीव छन् भनी अध्ययन अनुसन्धान गर्नु अपरिहार्य भइसकेको उनको भनाइ छ। “यस्तो प्राणघातक रोगबाट बच्ने के कस्तो उपाय छन्? सोसम्बन्धी कीटाणुनाशक उपकरण लगाउने र जनचेतना जगाउने खालका कार्यक्रम ल्याउन जरुरी भइसकेको छ,” उनले भने। पैसालाई कीटाणुनाशक बनाउन उपकरण प्रयोग गर्ने र पैसा प्रयोग गरिसकेपछि साबुनपानीले राम्रोसँग हात धुने गर्नुपर्छ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
नेपाल र भारत बीच फुटबल, कसले मार्ला बाजी ?
नेपाल र भारत बीच फुटबल, कसले मार्ला बाजी ?
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन
मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन
विवाहमा किन लगाइन्छ साइँली औँलामा औँठी ? यस्तो छ रहस्य
विवाहमा किन लगाइन्छ साइँली औँलामा औँठी ? यस्तो छ रहस्य
समाचार वाचकदेखि मेयरसम्म
समाचार वाचकदेखि मेयरसम्म
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !

तपाईंले छुटाउनुभयो कि?