विश्वभर कोरोना निको हुनेको संख्या १० लाख नाघ्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १८, २०७७
|
|
५६ पटक हेरिएको
Shares
विश्वभर कोरोना निको हुनेको संख्या १० लाख नाघ्यो

सारांश

  • काठमाडौँ ।
  • कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका १० लाख बढी संक्रमित कोरोनाको युद्ध जितेर घर फर्किएका छन् ।
  • पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस ४७ हजार ४८ जना संक्रमित उपचारपछि घर फर्किएसँगै कोरोना निको हुनेको संख्या १० लाख २९३ पुगेको वल्र्ड्मिटर्सले जनाएको छ ।

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका १० लाख बढी संक्रमित कोरोनाको युद्ध जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस ४७ हजार ४८ जना संक्रमित उपचारपछि घर फर्किएसँगै कोरोना निको हुनेको संख्या १० लाख २९३ पुगेको वल्र्ड्मिटर्सले जनाएको छ । मंगलबार उपचारपछि घर फर्किनेको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि मंगलबार ३० हजार ८५८ जना संक्रमित उपचारपछि घर फर्किएका थिए।

कोरोनाबाट १० लाख ६४ हजार १९४ जना संक्रमित रहेको अमेरिकामा १ लाख ४७ हजार ४११ जना संक्रमितको उपचार सफल भएको छ ।

यस्तै, कोरोनाबाट २४ हजार २७५ जनाको ज्यान गएको स्पेनमा १ लाख ३२ हजार ९२९ संक्रमितको उपचार सफल भएको छ भने २ लाख ३ हजार ५९१ संक्रमित रहेको इटलीमा ७१ हजार २५२ संक्रमित उपचार पछि घर फर्किएका छन् ।

यस्तै, फ्रान्समा ४८ हजार २२८, जर्मनीमा १ लाख २० हजार ४००, टर्की ४४ हजार ४०, रसिया १० हजार २८६, इरान ७३ हजार ७९१, चीन ७७ हजार ६१०, ब्राजिलमा ३४ हजार १३२ जनाको उपचार सफल भएको छ । अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ ।

३३ हजार ६२ जना कोरोना संक्रमित रहेको छिमेकी मुलुक भारतमा ८ हजार ४३७ को उपचार सफल भएको छ भने १५ हजार ५२५ संक्रमित रहेको पाकिस्तानमा ३ हजार ४२५ को उपचार सफल भएको छ ।

५८ जना कोरोना संक्रमणको पुष्टी भएको नेपालमा १६ जना उपचार पछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ३२ लाख १९ हजार ४२४ जना संक्रमित भएका छन् । जसमध्ये २ लाख २८ हजार १९७ को ज्यान गइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायमान विजुक्छे माथि गम्भिर आरोप लगाउँदै किन खनिए माधव नेपाल ?
नारायमान विजुक्छे माथि गम्भिर आरोप लगाउँदै किन खनिए माधव नेपाल ?
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
असार १ गते आइतबारको राशीफल यस्तो छ, कसैलाई आर्थिक विवाद हुने त कसैलाई आकस्मिक धन लाभ
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
रुपन्देही ५ मा कांग्रेसको अग्रता, माओवादी तेस्रो स्थानमा
रुपन्देही ५ मा कांग्रेसको अग्रता, माओवादी तेस्रो स्थानमा
डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली
डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली
भारतीय खेलाडीलाई पछि पार्दै जितिन् गौरिकाले स्वर्ण
भारतीय खेलाडीलाई पछि पार्दै जितिन् गौरिकाले स्वर्ण
जव उपेन्द्र देबकोटाले प्रचण्डलार्इ  अाफ्नाे अन्तिम चाहना सुनाए ..
जव उपेन्द्र देबकोटाले प्रचण्डलार्इ अाफ्नाे अन्तिम चाहना सुनाए ..
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो

तपाईंले छुटाउनुभयो कि?