जव उपेन्द्र देबकोटाले प्रचण्डलार्इ अाफ्नाे अन्तिम चाहना सुनाए ..
सारांश
- काठमाडाै, २० वैशाख ।
- बाँसबारीस्थित न्यूरो अस्पतालको आइसियु कक्षमा राखिएका बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटालाई मंगलबार विहानमात्र भेटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी मुख्यालय पेरिसडाँडामा दिउसो आयोजित पार्टी हेडक्वार्टरको विस्तारित बैठकमा सुनाए, ‘डा देबकोटा अहिले ‘डेथबेड’ मृत्युशैयामा हुनुहुन्छ, मैले उहाँलाई भर्खरै भेटेर आएँ।
- उहाँले एमाले–माओवादी केन्द्रबीच एकता भएको देख्न चाहन्छु भन्नुभएको छ।
काठमाडाै, २० वैशाख । बाँसबारीस्थित न्यूरो अस्पतालको आइसियु कक्षमा राखिएका बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटालाई मंगलबार विहानमात्र भेटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी मुख्यालय पेरिसडाँडामा दिउसो आयोजित पार्टी हेडक्वार्टरको विस्तारित बैठकमा सुनाए, ‘डा देबकोटा अहिले ‘डेथबेड’ मृत्युशैयामा हुनुहुन्छ, मैले उहाँलाई भर्खरै भेटेर आएँ। उहाँले एमाले–माओवादी केन्द्रबीच एकता भएको देख्न चाहन्छु भन्नुभएको छ। उहाँको चाहना हामीले पुरा गर्नुपर्छ।’
आफैमा असाध्यै भावुक नेता हुन्, अध्यक्ष प्रचण्ड। अलिकति दुखद क्षण देख्यो भने आँसु झारिहाल्छन्। पार्टी मुख्यालयको बैठकमा डा देबकोटाको चाहना र अवस्थाबारे बताउने क्रममा प्रचण्ड मंगलबार दिउसो जति भावुक बने, विहान न्यूरो अस्पतालमा प्रचण्ड र डा देबकोटाबीचको भेटघाटको क्षण झन भाबुक थियो। आफूलाई भेट्न आएका प्रचण्डलाई भेट्नासाथ डा देबकोटाले भने, ‘प्रचण्डजी, बेलायतमा मेरो उपचार सम्भव नभएपछि आफ्नै देशमा प्राण त्याग्छु भनेर नेपाल फर्केको हुँ।’
डा देबकोटाको मुखबाट त्यस्तो सुन्नुपर्ला भन्ने प्रचण्डले सोचेका पनि थिएनन्। त्यसैले उनले भने, ‘यस्तो होला भन्ने मैले सोचेको पनि थिइन’ प्रचण्डले डा। देबकोटासँग भने, ‘तपाईंले नै यस्तो भन्नुभयो, पत्याउनै पर्यो। तर तपाईंलाई यस्तो होला भन्ने कुरा मैले कल्पना नै गरेको थिइन। यस्तो होला भन्ने मैले सोचेको पनि थिइन।’ त्यसक्रममा आफूलाई के भएको हो, सबैकुराको बेलिबिस्तार डा देबकोटाले लगाए। त्यसपछि उनले त्यही कुरा भने, जुन कुरा प्रचण्डले पार्टी हेडक्वार्टरको बैठकमा भनेका थिए।
‘पार्टी एकता गर्न लाग्नुभएको छ, एकतापछिका चुनौतिहरु थुपै्र छन्, तर एमाले–माओवादी केन्द्रबीचको एकताबाट मुलुकमा केही गर्न सकिने राम्रो सम्भावना छ, जति चाँडो एकता गर्नुपर्छ, म एमाले–माओवादी केन्द्रबीचको एकता भएको आफैले देख्न चाहन्छु, त्यसै भएर गत चुनावमा म वामगठबन्धनलाई जिताउन खटिएको हुँ।’ डा देबकोटाले एकता प्रक्रिया छिटो टुङ्ग्याउन आग्रह गर्दै भने, ‘नेपालका सबै कम्युनिष्टहरुबीच एकता होस्, देश अग्रगमनतिर जाओस्। मेरो अन्तिम चाहना यही हो।’
पार्टी छिटो एकता होस् भन्ने डा देबकोटाको चाहना बुझेपछि प्रचण्डले भने, ‘ओलीजी र म छलफल गरेर अगाडि बढेका छौं। निश्चिन्त रहनोस, एमाले–माओवादी केन्द्रबीच एकता हुन्छ।’ त्यसपछि डा देबकोटाले आफूले स्थापना गरेको न्यूरो अस्पतालका बारेमा कुरा गरे। भने, ‘तपाईंकै अविभावकत्वमा यो अस्पताल यहाँसम्म आइपुगेको हो, म रहेपनि नरहेपनि यो अस्पताललाई तपाईंको अविभावकत्व चाहिन्छ।’ प्रचण्डले जवाफ दिए, ‘सकेको सहयोग गरेको छु। फेरिपनि गरौंला।’
डा। देबकोटालाई भेट्न प्रचण्ड पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस संयोजक बिष्णु सापकोटासहित बाँसबारी पुगेका थिए। बेलायतमा समेत उपचार सम्भव नभएपछि जीवनको अन्तिम समय नेपालमै बिताउन आएको कुरा डा देबकोटाले प्रचण्डलाई बताएपनि उनी हँसिला र खुसी नै देखिन्थे।
Justin Biral
☁ gσσ∂? є∂ιтιиgB-) σf? уσυя? ρнσтσ? ? Shikhar☕ News
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Jiwan Dhital
शीघ्र स्वास्थ्यलाभको कामना!
Gp Sagar
दैवको सहयोग रहोस् ।
Aashis Giri
सिघ्र स्वास्थय लाभको कामना
Mekha Gurung
गफडी।
Kamala Paudel
स्वास्थ लाभ को कामना
Thapa Gyanu
शिघ्र स्वास्थ्य लाभको कामना डाक्टर साब ।
Rita Upreti Sangroula
Get well soon Dr sab .
Bishnu Lal Thakali
Great human being.
Aryal Manoj
Get well soon dr devkota
Abbot Nepal
Get well soon Dr upendra devkota sir. Dear journalist, प्रचण्ड को मन कमलो छ र छैन भन्ने कुरा यहाँ स्विकारोति छैन। १० वर्षे जनयुद्ध ले बताइसकेको छ। पत्रकार अलिक Human psychological sense लगाउने गर है। धेरै गुलामी न गर २ खुट्टामा उभिन कोशिश गर।
Chandra Adhikari
उपेन्द्र देवकाेटा न एमाले हुन न माओवादि ।