निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ४, २०७४
|
|
५५ पटक हेरिएको
Shares
निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?

सारांश

  • श्रावण ४, २०७४- निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक हो ।
  • तर, चुनावको परिणाम आइसकेपछि त्यो पनि पराजित गाउँ–गाउँ डुल्नु अनौठो हो ।
  • झापाको कमल गाउँपालिकामा भने अहिले पनि पनि घरदैलो कार्यक्रम निरन्तर चलिरहेको छ ।

श्रावण ४, २०७४- निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक हो । तर, चुनावको परिणाम आइसकेपछि त्यो पनि पराजित गाउँ–गाउँ डुल्नु अनौठो हो । झापाको कमल गाउँपालिकामा भने अहिले पनि पनि घरदैलो कार्यक्रम निरन्तर चलिरहेको छ ।
प्रतिस्पर्धीसँग बराबर मत भएपछि गोला प्रथामा पराजित कांग्रेसका उम्मेदवार हुकुमसिंह राई सातायता घरदैलो कार्यक्रममा छन् । जनताको मतबाट नभई भाग्यबाट पराजित भएकाले मतदातालाई धन्यवाद दिन घर–घर पुगेको उनले बताए । ‘मलाई जनताले अत्यधिक मत दिएर जिताएकै हुन् । तर, भाग्यले साथ दिएन । गोलाप्रथामा हार्नुपर्‍यो,’ राईले भने, ‘मलाई विश्वास गरेर मत दिएकालाई धन्यवाद नदिइरहन सकिनँ ।’
गाउँपालिका अध्यक्षमा राई गोलामा एमालेकी मेनुका काफ्लेसँग पराजित भएका हुन् । दुवैले समान ८ हजार २ सय ७५ मत प्राप्त गरेका थिए । मत बराबर भएपछि निर्वाचन आयोगले गोलाप्रथाबाट निर्वाचित गराएको हो । जसमा पहिले गोला तानेका राईले ‘शून्य’ लेखेको कागज तानेपछि एमालेकी काफ्ले विजयी भएकी थिइन् ।
चुनावी नतिजा सहर्ष स्वीकार गरेका राई आफ्नो पराजयलाई प्राविधिक हारका रूपमा लिन्छन् । उनले एक सातामा गाउँपालिकाको वडा २, ३, ४, ६ र ७ का अधिकांश मतदाताको घर पुगेर धन्यवाद दिएका छन् । धन्यवाद दिन घरमा पुग्दा मतदाता खुसी भएको उनले प्रतिक्रिया दिए । राईले भने, ‘मेरो नतिजाबाट मतदाता पनि दु:खी भएका रहेछन् । उनीहरूले आफूलाई विकास चाहिएको र उक्त कार्यमा आगामी दिनमा साथ दिन आग्रह गरेका छन् ।’ उनले मतदाताले आगामी चुनावमा अझ संगठित भएर लाग्ने वचन दिएको बताए ।
‘मतदाताले देखाएको सहानुभूतिले आगामी दिनमा काम गर्न थप ऊर्जा मिलेको छ,’ उनले भने, ‘राजनीतिमा हार–जित स्वाभाविक हो । तर, हिजोका दिनमा जनतामाझ मैले गरेका प्रतिबद्धता पदमा नपुगे पनि बाहिर बसेरै पूरा गर्ने प्रयास गर्नेछु ।’ उनले धन्यवाद दिँदै गाउँपालिकाका ७ वटै वडाका मतदातामाझ पुग्ने जानकारी दिए ।
साविक लखनपुर र तोपगाछी गाविस मिलाएर कमल गाउँपालिका बनेको हो । उक्त क्षेत्रमा अहिलेसम्म एमालेबाहेकका उम्मेदवारले चुनाव जित्न सकेका छैनन् । यसपटक भने राईले एमाले उम्मेदवारलाई कडा टक्कर दिएपछि राईको लोकप्रियता बढेको छ । उनी अहिले कांग्रेस स्थानीय नेता–कार्यकर्तासहित धन्यवाद दिन घरदैलोमा व्यस्त छन् । उक्त गाउँपालिकाका ३७ पदमध्ये ३५ मा एमाले उम्मेदवार निर्वाचित छन् । कांग्रेसले एक वडाध्यक्षसहित दुई पदमा मात्र विजय हासिल गरेको छ ।
इकान्तिपुर बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढिला सुत्ने मानिसमा छिटो मृत्युको खतरा
ढिला सुत्ने मानिसमा छिटो मृत्युको खतरा
रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो
रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो
जनार्दन शर्मा गृहमन्त्री,उपप्रधान तथा परराष्ट्रमन्त्री महरा !
जनार्दन शर्मा गृहमन्त्री,उपप्रधान तथा परराष्ट्रमन्त्री महरा !
इराकमा बाढीका कारण २१ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय
इराकमा बाढीका कारण २१ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?
फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?
पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो
पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो
How to Install Glucose Mommy Day App With respect to Local Rich Women

तपाईंले छुटाउनुभयो कि?