मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ७, २०८०
|
|
४६ पटक हेरिएको
Shares
मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व

सारांश

  • काठमाडौं।
  • प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।
  • शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्।

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।

दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए।

यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ। मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए। यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्नु नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ।

यसैगरी प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने अर्थात् मातृ सम्मान दिवसका लागि वृहस्पति अस्तले कुनै फरक नपर्ने पनि समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेञ्जन समाचार : बिबाहपछि किन ठूलो हुन्छ महिलाको हिप?
मनाेञ्जन समाचार : बिबाहपछि किन ठूलो हुन्छ महिलाको हिप?
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’
वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे
धावनमार्गमा विमान चिप्लिए पछि…
धावनमार्गमा विमान चिप्लिए पछि…
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
देउवाले ज्योतिषकै सल्लाहमा आजै बालुवाटार छोड्दै
देउवाले ज्योतिषकै सल्लाहमा आजै बालुवाटार छोड्दै
यी हुन् प्रदेश हाँक्ने सात अनुहार
यी हुन् प्रदेश हाँक्ने सात अनुहार
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’

तपाईंले छुटाउनुभयो कि?