प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ५, २०७४
|
|
६४ पटक हेरिएको
Shares
प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक

सारांश

  • काठमाडौं: निर्वाचन आयोगले असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
  • आयोगले विहीबार एक विज्ञप्ति जारी गर्दै तेस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको जनाएको छ ।
  • कार्यतालिका अनुसार दुई नम्बर प्रदेशका आठ जिल्लाका १२७ स्थानीय तहको निर्वाचनका लागि भदौ २१ गते उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ भने सोही दिन साँझ साढे पाँच बजे मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।

काठमाडौं: निर्वाचन आयोगले असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले विहीबार एक विज्ञप्ति जारी गर्दै तेस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको जनाएको छ ।

कार्यतालिका अनुसार दुई नम्बर प्रदेशका आठ जिल्लाका १२७ स्थानीय तहको निर्वाचनका लागि भदौ २१ गते उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ भने सोही दिन साँझ साढे पाँच बजे मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।

यस्तै भदौ २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र भदौ २३ गते मनोनयन भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ। यस्तै भदौ २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुने छ भने सोही दिन विहान ११ बजे उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने छ ।

असोज २ गते विहान ७ बजे देखि बेलुका ५ बजेसम्म मतदान कार्य हुने आयोगद्वारा विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करि प्रकरण: अभियुक्तले विमानस्थलभित्रै भवन ठड्याउदै !
सुन तस्करि प्रकरण: अभियुक्तले विमानस्थलभित्रै भवन ठड्याउदै !
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
आजदेखि पृतनापति सम्मेलन
पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु
पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
कास्की क्षेत्र नम्बर १ को पछिल्लो परिणाम : एमालेका खगराज अधिकारीको अग्रता कायमै
कास्की क्षेत्र नम्बर १ को पछिल्लो परिणाम : एमालेका खगराज अधिकारीको अग्रता कायमै
धर्म,सस्कृती जोगाउन जनता जाग्नुपर्छ : कमल थापा
धर्म,सस्कृती जोगाउन जनता जाग्नुपर्छ : कमल थापा

तपाईंले छुटाउनुभयो कि?