काठमाडौँ उपत्यकामा पाँच हजारको पिसिआर नमूना सङ्कलन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २६, २०७७
|
|
५४ पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकामा पाँच हजारको पिसिआर नमूना सङ्कलन

सारांश

  • काठमाडौँ, २६ असार : इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ ।
  • बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ ।
  • महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना सङ्कलन गर्न थालिएको जानकारी दिए ।

काठमाडौँ, २६ असार : इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना सङ्कलन गर्न थालिएको जानकारी दिए ।

महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमूना सङ्कलन गरेको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरिने बताए । अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ । यस्तै बैंक, मालपोत– नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमूना सङ्कलन गरिनेछ । उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो ।

महाशाखाका वरिष्ठ वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमूना सङ्कलन गरिसक्ने बताए । महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चाबहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना सङ्कलन गरेको थियो ।यस्तै आज ललितपुरको भँैसेपाटी, काठमाडौँका नयाँ बानेश्वर र नयाँ सडक तथा भक्तपुरमा गई टोलीले नमूना सङ्कलन गर्दै छ । उनले दैनिक पाँच दिनसम्म एक हजारको दरले नमूना सङ्कलन गरिने बताए । केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ । केही दिनअघि एकैदिन उपत्यकामा ५४ सङ्क्रमित भेटिएका थिए ।

यस्तै मुलुक बाहिरबाट आउने मानिसको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले नमूना सङ्कलन गर्नेछ । सिसिएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना सङ्कलन गर्नेछ । सिसिएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ । अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएको छ । यस्तै १६ हजार ५३१ जनामा सङ्क्रमण देखिएको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको कलेज शिक्षामा आइ. बि. एमको प्रवेश एक सकारात्मक कदम
नेपालको कलेज शिक्षामा आइ. बि. एमको प्रवेश एक सकारात्मक कदम
पराजुलीको ‘डोल्पो’ विमोचित
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप
हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल
हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल
आफैँले बन्दुक चलाउँदा एकको मृत्यु
आफैँले बन्दुक चलाउँदा एकको मृत्यु
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
मनाङ सडक तीन साता बन्द हुने
मनाङ सडक तीन साता बन्द हुने
रुकुममा माओवादी केन्द्रका ५ वडा सदस्य निर्विरोध
रुकुममा माओवादी केन्द्रका ५ वडा सदस्य निर्विरोध
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो

तपाईंले छुटाउनुभयो कि?