अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २०, २०७६
|
|
५७ पटक हेरिएको
Shares
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ

सारांश

  • बालकलाई अपहरण गरी रु १२ लाख फिरौती माग गरेको अभियोगमा पोखरिया नगरपालिका–६ सोनवरियाका राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।
  • वीरगञ्जको सिर्सियाबाट गए राति १ बजे अपहरितका पितासँग फिरौती रकम लिन आउने क्रममा प्रहरीले दासलाई पक्राउ गरेको हो ।
  • वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका अम्जद खानको १४ वर्षीय छोरालाई कात्तिक १० गते काठमाडौँबाट वीरगञ्ज आउने क्रममा अपहरण गरिएको थियो ।

बालकलाई अपहरण गरी रु १२ लाख फिरौती माग गरेको अभियोगमा पोखरिया नगरपालिका–६ सोनवरियाका राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।वीरगञ्जको सिर्सियाबाट गए राति १ बजे अपहरितका पितासँग फिरौती रकम लिन आउने क्रममा प्रहरीले दासलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका अम्जद खानको १४ वर्षीय छोरालाई कात्तिक १० गते काठमाडौँबाट वीरगञ्ज आउने क्रममा अपहरण गरिएको थियो ।

अपहरितका पितासँग फिरौतीबापत दाससहितका अपहरणकारी समूहले रु १२ लाख माग गर्दै आएको थियो । अपहरणकारीले माग गरेको फिरौती रकम दिन गए राति सिर्सिया पुगेका दासले खानको हातबाट रकम भएको झोला खोसी भाग्न खोज्दा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दासको दाहिने खुट्टामा गोली लागेको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । उहाँले प्रहरी नियन्त्रणमा रहेका दासले दिएको जानकारीका आधारमा सीमावर्ती भारतीय क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा अपहरित बालकलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको बताउनुभयो ।

प्रहरीको गोली लागि घाइते भएका दासलाई उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । बालकको अपहरणमा दाससहित अन्य दुई जना व्यक्ति संलग्न रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका दासबाट प्रहरीले नलकटुवा पेस्तोल एक थान, सोमा प्रयोग हुने गोली चार थान र उनले प्रयोग गरेको बिआर २२ जे ०८०३ भारतीय नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता
गगन थापाले भने – ‘प्रधानमन्त्रीको शैली कुस्ती खेल्ने भए आइज, भने जस्तै थियो’
गगन थापाले भने – ‘प्रधानमन्त्रीको शैली कुस्ती खेल्ने भए आइज, भने जस्तै थियो’
नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भयो
नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भयो
स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी
स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी
लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन
लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन
अब वायुसेवा निगमकाे विमानमै उपहार किन्न पाइने
अब वायुसेवा निगमकाे विमानमै उपहार किन्न पाइने
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय
कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय

तपाईंले छुटाउनुभयो कि?