थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २, २०७७
|
|
५७ पटक हेरिएको
Shares
थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि

सारांश

  • देशभरमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमित १०१ थपिएका छन् ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा गरिएका चार हजार ६८८ नमूना परीक्षणमा १०१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
  • यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमित १०१ थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा गरिएका चार हजार ६८८ नमूना परीक्षणमा १०१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।

प्रदेशगतरुपमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ८१५, प्रदेश नं २ मा चार हजार ४८०, बागमती प्रदेशमा ८५१, गण्डकी प्रदेशमा एक हजार ३५७, प्रदेश नं ५ मा चार हजार १३५, कर्णाली प्रदेशमा एक हजार ८०४ र सुदूरपश्चिम प्रदेशमा चार हजार तीन जना रहेका छन् ।

त्यस्तै, हालसम्म कोरोनाको उपचारपछि निको भएर घर फर्किएकामध्ये प्रदेश नं १ मा ७४४, प्रदेश नं २ मा दुई हजार ५८८, बागमती प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ९४६, प्रदेश नं ५ मा तीन हजार ४९२, कर्णाली प्रदेशमा एक हजार ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६५९ रहेका छन् ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशभरका क्वारेन्टिनमा हाल १२ हजार ७५६ रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या २८५ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ५३४ रहेको छ । कूल कोरोना सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३९ लाख ६४ हजार ७९९ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ९३ हजार ४९ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।

नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये पुरुष र महिलाको अनुपात क्रमशः ८७ र १३ प्रतिशत रहेको छ । हाल ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । सक्रिय एउटा पनि केस नभएका जिल्लामा मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सा,बाजुरा र सुनसरीमा आगलागीबाट क्षति
पर्सा,बाजुरा र सुनसरीमा आगलागीबाट क्षति
हेग लगे संसारकै हिरो भएर निस्कन्छुः प्रचण्ड
हेग लगे संसारकै हिरो भएर निस्कन्छुः प्रचण्ड
रवि लामिछाने भन्छन्- समितिले मैले सहकारी ठगी नगरेको प्रमाणित गरेको छ
रवि लामिछाने भन्छन्- समितिले मैले सहकारी ठगी नगरेको प्रमाणित गरेको छ
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला?  (भिडियोसहित)
आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला? (भिडियोसहित)
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
विषाक्त खानाले आमाछोराको मृत्यु
विषाक्त खानाले आमाछोराको मृत्यु
अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा
अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया

तपाईंले छुटाउनुभयो कि?