क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ३२, २०७७
|
|
६३ पटक हेरिएको
Shares
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द

सारांश

  • चितवन, ३२ साउन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आजबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ ।
  • हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ ।
  • अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए ।

चितवन, ३२ साउन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आजबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ ।

हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए ।

अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलिकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उनले बताए ।

अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागका बहिरङ्ग सेवाबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ । दैनिक यस अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी आउने गर्दछन् । विसं २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपालभर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन् ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बास्कोटा मन्त्रीमा बढुवा, सरकारमा दुई उपप्रधानमन्त्री थपिए !
बास्कोटा मन्त्रीमा बढुवा, सरकारमा दुई उपप्रधानमन्त्री थपिए !
पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत
पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत
मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत
इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन
ब्राण्ड बकेटद्धारा स्वास्थ्यसम्बन्धि उत्पादनहरु नेपाली बजारमा उपलब्ध
ब्राण्ड बकेटद्धारा स्वास्थ्यसम्बन्धि उत्पादनहरु नेपाली बजारमा उपलब्ध
कुखुराको मासु र परिकार बिक्री केन्द्र स्थापना हुने
कुखुराको मासु र परिकार बिक्री केन्द्र स्थापना हुने
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन

तपाईंले छुटाउनुभयो कि?