चलचित्र प्राविधिक संघमा आवद्ध ६ सय जनाको कोरोना विमा गराउदै राजेश हमाल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ९, २०७७
|
|
५७ पटक हेरिएको
Shares
चलचित्र प्राविधिक संघमा आवद्ध ६ सय जनाको कोरोना विमा गराउदै राजेश हमाल

सारांश

  • अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बीमा गर्ने भएका छन् ।
  • प्राविधिक संघका पदाधिकारीहरुसँगको एक भेटमा उनले यो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
  • उनले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए ।

अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बीमा गर्ने भएका छन् । प्राविधिक संघका पदाधिकारीहरुसँगको एक भेटमा उनले यो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए । यसका लागि केही दिनमा संघका पदाधिकारीहरुको बैठक बस्दैछ ।

अभिनेता हमालले आर्थिक अवस्था कमजोर रहेका सय जना प्राविधिकलाई ५ हजारको दरले आर्थिक सहयोग गर्ने चर्चाको बारेमा संघका उपाध्यक्ष लामा भन्छन्, ‘निषेधाज्ञाभन्दा अगाडि राजेश दाईले सय जना प्राविधिकलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । हामीले कोरोना बीमाका लागि आग्रह गरेपछि उहाँ यसमा पनि सहमत हुनुभयो ।’

उनका अनुसार, अभिनेता हमालले ६ सयको कोरोना बीमासँगै आर्थिक अवस्था कमजोर रहेका केही प्राविधिकलाई आर्थिक सहयोग गर्ने पनि वचन दिएका छन् । ‘राजेश दाईले अधिकांश प्राविधिकसँग काम गर्नुभएको छ । उहाँबाट प्राविधिकहरुले पनि ठूलो आश गरेका छन् । उहाँले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेपछि प्राविधिकहरुको मुहारमा खुसी छाएको छ,’ उनले भने ।

केही दिनमा प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली कोरोना बीमाका लागि राजेश हमाललाई पठाउने उपाध्यक्ष लामाले बताए । कोरोनाका कारण हजारौं प्राविधिकहरुको रोजीरोटी गुमेको छ । ५ महिनायता चलचित्र सम्बन्धि कुनै कार्य नहुँदा उनीहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने
गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने
Shocking! Mithun Chakraborty’s son Mahaakshay accused of rape, cheating
Shocking! Mithun Chakraborty’s son Mahaakshay accused of rape, cheating
नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार, ४० प्रतिशत उपत्यकामै खपत
नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार, ४० प्रतिशत उपत्यकामै खपत
फ्रान्समा फेरि लकडाउन गरियो
फ्रान्समा फेरि लकडाउन गरियो
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
चिया बेचेर मासिक पचास हजार आम्दानी
चिया बेचेर मासिक पचास हजार आम्दानी
सीमा क्षेत्रमा महिला–बालबालिका हराउने क्रम बढ्दो
सीमा क्षेत्रमा महिला–बालबालिका हराउने क्रम बढ्दो
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
ह्वाइट हाउसका कर्मचारीलाई  ट्रम्पकाे निर्देशन
ह्वाइट हाउसका कर्मचारीलाई ट्रम्पकाे निर्देशन

तपाईंले छुटाउनुभयो कि?