मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ७, २०७७
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
  • भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
  • मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । “शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ”, मौसमविद् कँडेलले भन्नुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पनिछल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाका ४५.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ४८.०, धनगढीमा १०.०, दिपायलमा २६.७ सिमरामा ३०.५ र धनकुटामा ४०.० मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेलिकोप्टरबाट गोली हानी हजारौं जंगली ऊँट मारिदै
हेलिकोप्टरबाट गोली हानी हजारौं जंगली ऊँट मारिदै
माटो जोगाउँदै तुलसीपुरका किसान: गड्यौला मलको प्रयोगबाट हरित क्रान्ति र आम्दानी
माटो जोगाउँदै तुलसीपुरका किसान: गड्यौला मलको प्रयोगबाट हरित क्रान्ति र आम्दानी
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
शेरधन राईको समाचार लेखेका कारण पत्रकार कुटिए !
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
प्रकाशशरण महत र ईश्वर पोखरेलबीच   प्रतिस्पर्धा
प्रकाशशरण महत र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा
नेपाललाई उपाधी जित्न ८२ रन अावश्यक !
नेपाललाई उपाधी जित्न ८२ रन अावश्यक !
स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा: चोरीपैठारी नियन्त्रण र बजार विस्तारमा सरकारको जोड
स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा: चोरीपैठारी नियन्त्रण र बजार विस्तारमा सरकारको जोड
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
धितोपत्र बजार ३७ अङ्कले बढ्यो नेप्से
धितोपत्र बजार ३७ अङ्कले बढ्यो नेप्से

तपाईंले छुटाउनुभयो कि?