‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ७, २०७७
|
|
४३ पटक हेरिएको
Shares
‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने

सारांश

  • राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता गर्ने भएको छ ।
  • कोभिड–१९ सँगै सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको अवधिमा खिचिएका तस्वीरलाई समेटेर प्रतियोतिताको आयोजना गरिएको हो ।
  • प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत ११ गतेदेखि २०७७ भदौ मसान्तसम्म खिचिएका लकडाउनसम्बन्धी फोटो समावेश गर्न पाइने व्यवस्था छ ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता गर्ने भएको छ ।
कोभिड–१९ सँगै सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको अवधिमा खिचिएका तस्वीरलाई समेटेर प्रतियोतिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत ११ गतेदेखि २०७७ भदौ मसान्तसम्म खिचिएका लकडाउनसम्बन्धी फोटो समावेश गर्न पाइने व्यवस्था छ ।

लकडाउनको अवधिमा आम मानिसले आफ्नो दैनिक गुजारा गर्न गरेको सङ्घर्ष, माहामारीपछि बच्न परिवर्तन गरेको आनीबानी, व्यवहार र लकडाउनमा नेपाल कस्तो थियो, नेपालीले कस्ता चुनौतीको सामना गर्नुप¥यो, दैनिक जीवन, प्रकृति, पर्यावरणलगायतमा परेको प्रभावलाई समेट्ने फोटो सो प्रतियोतिामा समावेश गर्ने उेद्दश्य रहेको अध्यक्ष राजेन्द्र चित्रकारले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागीले बढीमा तीन फोटो समावेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतियोतिमा आएका उत्कृष्ट १० फोटो छनोट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरलाई जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने अध्यक्ष चित्रकारले जानकारी दिनुभयो । तस्वीर एनएफपिजेको आधिकारिक इमेलमा पठाउनुपर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजिप्टको राष्ट्रिय टोली छाड्दै स्ट्राइकर मोहम्मद सलाह !
इजिप्टको राष्ट्रिय टोली छाड्दै स्ट्राइकर मोहम्मद सलाह !
मतदाता शिक्षा तालीम
मतदाता शिक्षा तालीम
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
कानूनअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग
कानूनअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग
ग्यासको मूल्य २५ रुपैयाँ घट्यो
ग्यासको मूल्य २५ रुपैयाँ घट्यो
आज २८ सय १७ नयाँ संक्रमित थप, २८१२ जना डिस्चार्ज
आज २८ सय १७ नयाँ संक्रमित थप, २८१२ जना डिस्चार्ज
प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति
प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय: प्रधानमन्त्री दाहाल
सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय: प्रधानमन्त्री दाहाल
ईयुले तत्काल आफ्नो प्रतिवेदन सच्याउनुपर्छ : प्रधानमन्त्री ओली
ईयुले तत्काल आफ्नो प्रतिवेदन सच्याउनुपर्छ : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?