नेकपामा शक्तिशाली बन्दै ओली

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ३०, २०७७
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय शक्तिशाली बन्दै गएका छन् ।
  • कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूह ओलीसामू निरीह बनेको छ ।
  • पार्टी र सरकार दुवैमा ओलीले एकपछि अर्को गरेर पेलेर नै अघि बढेका छन् ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय शक्तिशाली बन्दै गएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूह ओलीसामू निरीह बनेको छ । पार्टी र सरकार दुवैमा ओलीले एकपछि अर्को गरेर पेलेर नै अघि बढेका छन् । दाहाललगायतका नेताहरुले ओलीको कार्यशैलीको विरोध गरेपनि ओलीले कसैको कुरा सुनेका छैनन् ।

स्थायी कमिटी बैठकमा सहमतिमै मन्त्रिमण्डल पूनर्गठन गर्ने निर्णय भएपनि प्रधानमन्त्री ओलीले एकलौटी रुपमा गरेपछि नेकपाभित्र यतिवेला विवाद पूनः सुरु भएको छ । दाहालसहित वरिष्ठ नेताद्धय नेपाल र खनालले मन्त्रिपरिषद हेरफेरमा आफूहरुको असहमति रहेको टिप्पणी गरिसकेका छन् । अलिक ठूलो मात्रामा मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिएको भनेर नेताहरुले सार्वजनिक रुपमै भनेपनि ओलीले भने रिक्त रहेका मन्त्रालयमा मात्रै नेतृत्व ल्याएका छन् । उनले विष्णु पौडेललाई अर्थ, लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका मन्त्री र कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्री बनाएका छन् । उनले यसअघि महिला, बालबालिका मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओली हरेक कारणले पार्टीभित्र बलियो बन्दै गएको चर्चा छ । प्रधानमन्त्री ओलीसँग प्रभावकारी टिम छ । यसअघि दाहाल–नेपाल समूहले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनको लागि प्रयास गरेको थियो । तर, ओलीले आफूलाई हटाएर देखाउन चूनौति दिएका थिए । अन्तिममा दाहाल–नेपाल समूह ओलीसामू निरीह भएको थियो । ओलीसँग अर्का अध्यक्ष दाहालले सम्झौता गरेका थिए । दाहाललाई कार्यकारी अध्यक्षसहित पार्टीको सम्पूर्ण काम हेर्ने अधिकार दिईएको थियो । नेकपामा अहिले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीक निर्णयमा आपत्ति जनाएपनि केही गर्न नसकेको चर्चा पनि छ । नेकपाका एक नेता भने,‘अब दाहाल–नेपाल समूहलाई ओलीलाई कमजोर बनाउनको लागि निकै मुश्किल छ। अध्यक्ष ओली कसैसँगपनि सम्झौता गर्ने पक्षमा छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु
जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु
कालापानी विवादमा पूर्वराष्ट्रपति यादवको आयो धारणा
कालापानी विवादमा पूर्वराष्ट्रपति यादवको आयो धारणा
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
कोलेस्ट्रोल कम गर्नका लागि पिउनुहोस् ७ प्रकारको पानी
कोलेस्ट्रोल कम गर्नका लागि पिउनुहोस् ७ प्रकारको पानी
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण जरुरी : सभामुख घर्ती
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण जरुरी : सभामुख घर्ती
विश्व पर्यटन दिवस : दर्शनीयस्थल काँहूडाँडा प्रवद्र्धन गरिदै
विश्व पर्यटन दिवस : दर्शनीयस्थल काँहूडाँडा प्रवद्र्धन गरिदै
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
नेपाल आइडलका आईकन सुरज थापा र मेनुका प्रधानको एल्बमा बजारमा आउँदै
नेपाल आइडलका आईकन सुरज थापा र मेनुका प्रधानको एल्बमा बजारमा आउँदै

तपाईंले छुटाउनुभयो कि?