एक न्यायाधीशले भने, ‘वामदेवलाई राष्ट्रियसभाको सदस्य नबनाउनू’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
५७ पटक हेरिएको
Shares
एक न्यायाधीशले भने, ‘वामदेवलाई राष्ट्रियसभाको सदस्य नबनाउनू’

सारांश

  • काठमाडौं, कार्तिक २८ ।
  • सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघिको अन्तरिम आदेश निष्क्रिय गरेपछि न्यायाधीशबीच राय बाझिएको छ।
  • जसका कारण सर्वोच्चबाट एउटै मुद्दाका लागि दुई लिखित आदेश जारी गरिएको छ।

काठमाडौं, कार्तिक २८ । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघिको अन्तरिम आदेश निष्क्रिय गरेपछि न्यायाधीशबीच राय बाझिएको छ। जसका कारण सर्वोच्चबाट एउटै मुद्दाका लागि दुई लिखित आदेश जारी गरिएको छ।

पाँचजनाको संवैधानिक इजलास रहेकोमा एक न्यायाधीशले गौतमलाई राष्ट्रियसभाको सदस्यसमेत बनाउनु संविधानविपरीत ठह(याउँदै फरक रायको आदेश दिएपछि त्यस्तो स्थिति पैदा भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित चारजना न्यायाधीशको संवैधानिक इजलासले बुधबार गौतमलाई मन्त्री बन्ने बाटो खोलेको थियो। बुधबार आदेश भए पनि लिखित भने बिहीबार मात्रै आएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो फरक मतको आदेश गरेका हुन्।

‘वामदेव गौतमले राष्ट्रियसभा सदस्यको हैसियतले कुनै कामकारबाही नगर्नू, निजलाई सो पदको कामकारबाही गर्न नदिनू÷नदिलाउनू, निवेदन अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेश जारी हुन्छ,’ उनको आदेशमा भनिएको छ। तर कानुनी व्यवस्था भने बहुमतको आदेशले वैधानिक रूपमा मान्यता पाउने रहेको छ।

पाँच न्यायाधीशमध्ये एकजनाले मात्र राखेको फरक मत अल्पमतमा परेको छ। अल्पमतको आदेश कार्यान्वयन हुन त सक्दैन तर अल्पमतको आदेश न्यायाधीशको दृष्टिकोणसहित संवैधानिक र कानुनी व्याख्या भएकाले भविष्यका लागि एउटा आधार हुन सक्छ। फरक रायको आदेशले वैधानिक रूपमा कार्यान्वयनका क्रममा केही महत्व नराखे पनि निवेदनको अन्तिम सुनुवाइका क्रममा छलफल गरी आधारका रूपमा त्यसलाई मान्न सकिने हुन सक्छ।

‘मन्त्री पदमा नियुक्त नहुँदै अमूक व्यक्तिलाई मन्त्री पदमा नियुक्त नगर्नू भनी अदालतले अग्रिम रूपमा आदेश जारी गर्नु हामीले अख्तियार गरेको संसदीय संवैधानिक प्रणाली अनुकूल हुने देखिँदैन। तसर्थ मन्त्री पदमा नियुक्तिसम्बन्धी विषयमा निवेदकको मागअनुसार अन्तरिम आदेश जारी गरिरहनुपरेन,’ न्यायाधीश खतिवडाद्वारा जारी फरक रायको आदेशमा भनिएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारीलाई कारवाही गर्न थप कडा कानुनकाे अावश्यकता !
बलात्कारीलाई कारवाही गर्न थप कडा कानुनकाे अावश्यकता !
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
Zimbabwe takeover: Five things you should know
Zimbabwe takeover: Five things you should know
इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी
इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
मेयर आफै पेस्तोल बोकेर निस्केपछि
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..
यसकारण सरकारले गुमायो भ्याट बापतको ४ अर्ब रुपैयाँ !
यसकारण सरकारले गुमायो भ्याट बापतको ४ अर्ब रुपैयाँ !
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं

तपाईंले छुटाउनुभयो कि?