पत्रकार आज चुनावमा भिड्दै

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २५, २०७७
|
|
५० पटक हेरिएको
Shares
पत्रकार आज चुनावमा भिड्दै

सारांश

  • आज नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन हुँदैछ ।
  • महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।
  • अहिले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ ।

आज नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन हुँदैछ । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । अहिले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । मतदान सम्पन्न भएपश्चात आजै मतगणनासमेत शुरु हुनेछ ।

निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताउनुभयो । महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिनुभएकोे छ भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी हुनुहुन्छ । प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरुको निर्वाचन हुने महासङ्घमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ । महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन ।

महासङ्घले आफ्नो सङ्गठनलाई सङ्घीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासङ्घका १० प्रदेश समिति र परिषद् छन् ।

महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१९ सय ५४ कोरोना संक्रमित थपिए
१९ सय ५४ कोरोना संक्रमित थपिए
कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ
कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ
यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
छानबिन गर्न भगवतीको माग
छानबिन गर्न भगवतीको माग
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
राजपाको पदाधिकारी बैठक सुरु, महाधिवेशनको मिति तोक्ने
राजपाको पदाधिकारी बैठक सुरु, महाधिवेशनको मिति तोक्ने
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक

तपाईंले छुटाउनुभयो कि?