लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १४, २०७८
|
|
५८ पटक हेरिएको
Shares
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान

सारांश

  • लायन्स क्लब अफ नेपाल सेभ हिमालय, बाल अपांग टेवा र नेपाल रेडक्रस कपनको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
  • राजधानीको कपनस्थित बाल अपाङग टेवामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
  • पछिल्लो समय कोरोन भाइरसका कारण अस्पतालमा विरामीको चाप बढेको कारण रगतको अभाव भोगिरहेका विरामीहरुलाई सहयोग पुर्याउन सकियोस् भनेर रक्तदन कार्यक्रम आयोजना गरेको लायन्स क्लव अफ सेभ हिमालयका महासचिव पेम्बा शेर्पाले जानकारी दिनु भयो ।

लायन्स क्लब अफ नेपाल सेभ हिमालय, बाल अपांग टेवा र नेपाल रेडक्रस कपनको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राजधानीको कपनस्थित बाल अपाङग टेवामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

पछिल्लो समय कोरोन भाइरसका कारण अस्पतालमा विरामीको चाप बढेको कारण रगतको अभाव भोगिरहेका विरामीहरुलाई सहयोग पुर्याउन सकियोस् भनेर रक्तदन कार्यक्रम आयोजना गरेको लायन्स क्लव अफ सेभ हिमालयका महासचिव पेम्बा शेर्पाले जानकारी दिनु भयो । रगत नपाएर कुनै पनि बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम संचालन गरेको पनि महासचिव शेर्पाले बताउनु भयो ।

करिब ५५ जना भन्दा बढीले रगत दान कार्यक्रममा सहभागी भएको बाल अपांग टेवाका संचालक देण्डी शेर्पाले जानकारी दिनु भयो । नेपालमा बिरामीहरु धेरैको संख्यामा रगतकै कमीले गर्दा ज्यान गुमाउन परेको र यसलाई कम गराउन समय समयमा यस्ता रक्तदान कार्यक्रमले विशेष सहयोग पुग्ने उहाँको भनाई छ ।

लाइन्स क्लब अफ सेभ हिमालयले समय समयमा रगत दान कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ भने बाल अपांग टेवाले विभिन्न शारीरिक रुपमा अस्वस्थ बालबालिकालाई शिक्षा र उपचारको लागि सहयोग गर्दै आई रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
बडा दशै २०७३ का केही झलकहरु…
बडा दशै २०७३ का केही झलकहरु…
पहिले वाम एकताको खाका, त्यसपछि सरकार
पहिले वाम एकताको खाका, त्यसपछि सरकार
सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी
सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी
​भ्रष्टाचारीलाई नै भ्रष्टाचार छानबिनको जिम्मा
​भ्रष्टाचारीलाई नै भ्रष्टाचार छानबिनको जिम्मा
२०४३ सम्ममा न्यूजिल्याण्डमा एसियाली मूलका २६ प्रतिशत नागरिक हुने
२०४३ सम्ममा न्यूजिल्याण्डमा एसियाली मूलका २६ प्रतिशत नागरिक हुने
पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
विराटनगरको साख जोगाउने छु : महानगरपालिका प्रमुख कोइराला
विराटनगरको साख जोगाउने छु : महानगरपालिका प्रमुख कोइराला

तपाईंले छुटाउनुभयो कि?