२०४३ सम्ममा न्यूजिल्याण्डमा एसियाली मूलका २६ प्रतिशत नागरिक हुने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १४, २०७८
|
|
५८ पटक हेरिएको
Shares
२०४३ सम्ममा न्यूजिल्याण्डमा एसियाली मूलका २६ प्रतिशत नागरिक हुने

सारांश

  • न्यूजील्यान्डको जनसंख्या आगामी दुई दशकभित्र जातीय रुपमा अझ विविधतापूर्ण हुने प्रक्षेपण गरिएको छ ।
  • न्यूजील्यान्डको जनसंख्या विभागका अनुसार सन् २०४३ भित्र कूल जनसंख्याको झण्डै २६ प्रतिशत एसियाली मुलका नागरिक हुनेछन् ।
  • विभागले सन् २०१८ मा एसियाली मुलका नागरिकको जनसंख्या १६ प्रतिशत रहेकामा अब त्यो बृद्धि भएर सन् २०४३ मा २६ प्रतिशत पुग्ने जनाएको छ ।

न्यूजील्यान्डको जनसंख्या आगामी दुई दशकभित्र जातीय रुपमा अझ विविधतापूर्ण हुने प्रक्षेपण गरिएको छ ।

न्यूजील्यान्डको जनसंख्या विभागका अनुसार सन् २०४३ भित्र कूल जनसंख्याको झण्डै २६ प्रतिशत एसियाली मुलका नागरिक हुनेछन् । विभागले सन् २०१८ मा एसियाली मुलका नागरिकको जनसंख्या १६ प्रतिशत रहेकामा अब त्यो बृद्धि भएर सन् २०४३ मा २६ प्रतिशत पुग्ने जनाएको छ । सन् २०१८ मा “युरोपेली वा अन्य” मुलका नागरिकको जनसंख्या ७० प्रतिशत रहेकामा त्यो घटेर ६४ प्रतिशत हुने विभागको अनुमान छ ।

विभागका जनसंख्या पूर्वानुमान व्यवस्थापक हामिश स्लाकले एक विज्ञप्ति जारी गर्दै भने, “सबै जातीय समूहको जनसंख्या आगामी दुई दशकमा बृद्धि हुनेछ, तर जनसंख्याको ठूलो हिस्सा रहेको युरोपेली वर्गको जनसंख्या बृद्धिमा निकै कमी आउने छ ।”

स्लाकका अनुसार भिन्न भिन्न जातीय समूहबीच जन्म, मृत्यु र आप्रवासनको दर फरक फरक छ । उमेर समूहका आधारमा पनि जातीय समूहको हिस्सा फरक देखिएको छ । उदाहरणका लागि, सन् २०१८ मा माओरी समुदायका ०–१४ वर्ष उमेर समूहका युवाको जनसंख्या २७ प्रतिशत रहेकामा ६५ वर्षभन्दा बढीको उमेर समूहमा ७ प्रतिशत मात्र देखिएको छ ।

व्यवस्थापक स्लाकले सन् २०२० को डिसेम्बरमा सार्वजनिक भएझैं न्यूजील्यान्डको कूल जनसंख्या २० देखि ३० वर्षको अवधिमा करिब ६० लाख पुग्न सक्ने बताए ।

एसियाली र माओरी समुदायको जनसंख्या सन् २०२४–२०२७ र २०२८–२०३२ को अवधिमा १० लाखभन्दा बढी हुने तथ्याँक विभागको भनाई छ । माओरी समुदायको जनसंख्या औसतभन्दा बढी दरमा बृद्धि हुनेछ भने एसियाली मूलको जनसंख्या आप्रवासनका कारण बृद्धि हुनेछ, स्लाकले भने । विभागका अनुसार सन् २०२० को दशकको शुरुमा माओरी जनसंख्याभन्दा एसियाली मूलको जनसंख्या बढी तिब्र गतिमा बृद्धि हुनेछ । खासगरी चिनियाँ र भारतीय समूहको जनसंख्या न्यूजील्यान्डमा बढी हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
प्रधानमन्त्री ओली गृहमन्त्रालयमा !
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास, कांग्रेस आगो
मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास, कांग्रेस आगो
यी हुन चर्चित नेताका प्रेमिका, यसरी बनाए आफ्नो गर्लर्फेन्डलाई नेता
यी हुन चर्चित नेताका प्रेमिका, यसरी बनाए आफ्नो गर्लर्फेन्डलाई नेता
यी दुई नेताको संसदमा खाँचो खट्किरहनेछ, केही पार्टी नभएनि सांसद भए
यी दुई नेताको संसदमा खाँचो खट्किरहनेछ, केही पार्टी नभएनि सांसद भए
सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर
सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

तपाईंले छुटाउनुभयो कि?